फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

ENGLISH

NRN GLOBAL

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

16 October, 2018 | Sandeep Bhattarai | 3260 Views | comments

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन् । नेप स्टार अफ डिएफडब्लुको औपचारिक उद्घाटनको अवसरमा युवाहरुले भलिबल प्रतियोगिता तथा नाचागान गरेर दशैंलाई स्वागत गरेका छन् ।

नेपालको बिभिन्न जिल्लाबाट आई ड्यालासमा बसोबास गर्ने खेल प्रेमी युवाहरुको सक्रियतामा खोलिएको क्लब नेप स्टार अफ डिएफडब्लुको आईतबार एक भब्य कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको हो । शनिबार बिभिन्न ९ वटा समुहबीच भएको भलिबल प्रतियोगिता भएको थियो भने आइतबार बिजयीहरुलार्ई पुरस्कार बितरण तथा बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुती सहितका कार्यक्रमहरु राखिएको थियो । शनिबार भएको भलिबल प्रतियोगितामा नेपालका चर्चित भलिबल खेलाडि कैलाश भट्ट, सिपोरा गुरुङ्ग लगायतको रेफ्रिमा खेल सम्पन्न भएको थियो ।

आइतबार भएको औपचारिक कार्यक्रम क्लबको अध्यक्ष नारायण क्षेत्रीको सभापतित्व र एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहको प्रमुख आतिथ्यता तथा साईबर सेक्युरेटी बिज्ञ विजय कार्की, नेपालका अन्तराष्ट्रिय खेलाडि कैलाश भट्ट, सिपोरा गुरुङ्ग, चर्चित कलाकार नारायण त्रिपाठी, भिम चापागाई, नेजाका उपाध्यक्ष बिकास न्यौपाने लगायतको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो । प्रथम हुने नेपस्टार ब्लुले १५ सय डलर सहित मेडल प्राप्त गरेको थियो भने दोश्रो हुने भुपु नेपाली टिमले नगद ८०० सय सहित मेडल प्राप्त गरेको थियो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले अमेरिकामा आएर पनि भलिबल प्रतियोगीता लगायतका कार्यक्रम गरेर दशै मनाउने कार्य गरेकोमा आयोजक क्लबको प्रशंसा गरेका थिए । एनआरएनए अमेरिका युवाहरुले शुरु गरेको यस संस्थासंग हातेमालो गर्दै अगाडि बढ्ने समेत बताए । त्यस्तै नेपालका चर्चित खेलाडी कैलाश भट्टले आफु बाध्यतावस अमेरिकामा आए पनि नेपाली खेलकुद र अमेरिकामा आएका युवाहरुले गर्ने भलिबल खेललाई सदैव माया गर्ने बताए ।

भट्टले आफूहरु जहाँ रहे पनि नेपाली खेलकुद क्षेत्रले बिकास गरेको हेर्न चाहेको बताए । कार्यक्रममा बोल्दै नब गठित क्लबका अध्यक्ष नारायण क्षेत्रीले आफुहरु समुदायमा अर्को कुनै नयां संस्थाको रुपमा संख्या थप्न मात्र नभई केहि नया काम गर्दै समाजलाई थप मजबुत बनाउने महान् उद्धेश्यका साथ क्लब शुरु गरेको बताए । क्षेत्रीका अनुसार क्लबले समाजको हितका लागि बिभिन्न कार्यक्रमहरु गर्दै अगाडि बड्ने योजना लिएको छ ।

कार्यक्रममा नेपालबाट अमेरिकामा आएका बृद्ध देखि बयस्क बालक सबै नेपाली पञ्चेबाजामा रमाएका देखिन्थे । नेप स्टार डिएफ डब्लु क्लबले स्थापना गर्दा नै दुई सय भन्दा धेरै साधारण सदस्य लिएर स्थापना भएको जनाइएको छ ।

कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK