प्लस टु पढ्दाको प्रेम अहिले ब्रेकअप भयो ः अश्लेषा ठकुरी

ENGLISH

ENTERTAINMENT

प्लस टु पढ्दाको प्रेम अहिले ब्रेकअप भयो ः अश्लेषा ठकुरी

कुवेर गिरी

1 July, 2017 | Bipin Acharya | 610 Views | comments

अश्लेषा ठकुरी ‘प्रेम गीत –२’ की अभिनेत्री हुन् । यसैबाट अभिनयमा डेब्यु गरेकी अश्लेषा चलचित्र प्रदर्शन अगाडि नै चर्चामा रहन सफल छिन् । चलचित्रको प्रदर्शनको केही दिन पहिले सार्वजनिक गरिएको ‘बिस्तारै बिस्तारै..’ गीतमा देखिएको उनको सौन्दर्य र अभिनय अहिले चौतर्फी चर्चाको विषय बनेको छ । रङ्गमञ्चीय अभिनयबाट चलचित्रमा होमिएकी अश्लेषा ‘प्रेमगीत –२’ प्रदर्शनपछि अभिनयमा आफू स्थापित हुने बताउँछिन् । पहिलो चलचित्र अभिनयमै मिडियाबाट सोचेभन्दा धेरै साथ र सपोर्ट पाएको बताउने अश्लेषा नलजाउने, प्रष्ट बोल्ने र ग्ल्यामरमा खुल्न चाहने अभिनेत्री हुन् । अभिनेत्री अश्लेषासँग रातोपार्टीले राखेका दस प्रश्न ः

डेब्यु चलचित्र प्रदर्शनमा आउँदैछ । प्रतिक्रिया कस्तो आइरहेको छ ?

चलचित्रको प्रचार सामग्री सार्वजनिक भएलगतै चारैतिरबाट साथ र सपोर्ट पाइरहेकी छु । मेरो कुनै पनि चलचित्र, म्युजिक भिडियो त बाहिर अहिलेसम्म आएको त छैन । तैपनि मिडियाले दिएको साथ र हौसलाले अभिनयप्रति थप ऊर्जा जगाएको छ । मेरो काम नै नहेरी मलाई सबैले दिएको साथले आफू निकै भाग्यमानी भएको महसुस गरेकी छु ।

कलाकारिता नै रोज्नुको खास कारण छ कि ?

थिएटर अभिनय मैले गरिसकेकी छु । यो अभिनय गर्दा मभित्र सोसियल अभिनय छ भन्ने लाग्यो । आफूमा अभिनय ट्यालेन्ट छ भन्ने महसुस भयो । त्यो मैले देखाउनुपर्छ भन्ने फिलिङ आयो । त्यसैले अभिनयमा रोजेँ ।

फेसनमा कतिको इन्टे«स्ट छ ?

फेसन भनेको स्टाइल हो । यो व्यक्तिपिच्छे फरक हुन्छ । हेराइमा पनि भरपर्ने कुरो हो । मलाई मनपर्ने पहिरन सारी हो । तर लगाउँदा मलाई आकर्षक देखिने पहिरन भनेको टप र गाउन नै हुन् ।

जीवनको लक्ष्य के छ ?

अहिले सामाजिक कार्यको विषय अध्यायन गरिरहेकी छु । पछि गएर समाज सेवामै रमाउने इच्छा छ । अर्काे लक्ष्य अभिनयमा राम्रो छाप छोड्ने छ ।

कलाकारितामा भर्खर प्रवेश गर्नुभएको छ । खुट्टा तान्ने प्रवृत्तिको सामना भयो कि भएन ?

त्यो हँुदो रहेछ । कुनै क्षेत्रमा प्रवेश गर्दा फियर कम्पिटिसन हुन्छ भनेर मैले सोचेकी थिएँ । तर फोहोरी कम्पिडिसन पनि हुँदो रहेछ । नराम्रो प्रतिस्प्रर्धाले पहिलो चलचित्र ‘प्रेमगीत –२’ छायाङ्कन आधाबाटै लगभग छोड्ने तरखरमा गरेकी थिएँ । निर्माता, मिडियालगायतको सपोर्टले चलचित्र पूरा गरेँ ।

कुन हिरोसँग रोमान्स गर्न मन छ ?

नाजिर हुसेनसँग डार्क कमेडी अभिनयमा रोमान्स गर्न मन लागेको छ ।

पहिलो प्रेम प्रस्ताव कसको र कहिले आयो ?

कक्षा पाँचमा पढ्दै गर्दा दसैँको बिदामा दिदीको घर गएकी थिएँ । त्यो गाउँको एउटा केटाले प्रेमपत्र दियो । त्यो त्यतिकै फलिदिएँ । ११ कक्षामा पढ्दा एउटा केटासँग प्रेम बसेको थियो, ब्रेकअप भइसक्यो । अहिले सिङ्गल नै छु ।

विवाह अगाडिको लिभिङ रिलेसनसिप कस्तो लाग्छ ?

यो युरोप अमेरिकन सोसाइटीमा चलेको छ, माया गर्नु क्राइम होइन । मन मिल्छ, राम्रो तवरले जीवन अगाडि बढ्छ भने यसलाई नराम्रो भन्न मिल्दैन । प्रगति हुनु पर्यो र राम्रो गर्नुपर्यो । त्यो ठीक हो ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

यस्तो अफर आयो भने फेसबुकमा मालिक जुकरबर्गसँग जान चाहन्छु । उहाँको केही पहिले एक अन्तर्वाता हेरेकी थिएँ । मलाई निकै राम्रो लाग्यो । उहाँ एकदम ह्यान्डसम हुनुहँुदो रहेछ ।

जीवनमा धेरै रोएको क्षण छ ?

चलचित्र ‘प्रेमगीत –२’ को क्लाइमेक्समा धेरे रोएकी थिएँ । चलचित्रमा रुने सिन थियो । चलचित्रको सिचुएसनले मलाई साँच्चिकै रुवायो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK