प्रोमोसनमा हिँड्न नपाउँदा माहिरा दुःखी

ENGLISH

ENTERTAINMENT

प्रोमोसनमा हिँड्न नपाउँदा माहिरा दुःखी

21 January, 2017 | Bhawana Pathak | 770 Views | comments

शाहरुख खान अभिनित फिल्म ‘रइस’को खुबै चर्चा छ । सो फिल्मको टिम अहिले प्रोमोसनमा भिडिरहेको छ । तर फिल्मकी प्रमुख अभिनेत्री माहिरा खान भने ओझेलमा छिन् ।

Mahira-Khan1

माहिरा पाकिस्तानी अभिनेत्री हुन् । पाकिस्तानी कलाकारलाई खेलाएको फिल्म भनेर शिवसेनाले रइसको प्रदर्शनमा अवरोध गर्ने चेतावनी दिएको थियो । पछि माहिरालाई प्रमोसनमा सामेल नगर्ने भनेर शाहरुख खानले शिवसेनासँग कुरा मिलाएका थिए । त्यही भएर माहिरालाई फिल्मको प्रमोसनमा हिँडाइएको छैन ।

आफू अभिनित पहिलो हिन्दी फिल्मको प्रमोसनमा हिँड्न नपाएकोमा माहिरा निकै दुःखी छिन् । एक अन्तरवार्तामा उनले आफ्नो दुख पोख्दै भनिन्, ‘यो फिल्म मेरो लागि विशेष छ । जुन कलाकारलाई हेरेर म ठुली भएँ, उसैसँग काम गर्ने मौका पाएँ । आफ्नो देशभन्दा बाहिर गएर काम गरेँ । तर मलाई दुख छ कि म फिल्मको प्रमोसन गर्न सक्दिन ।’

माहिरा पाकिस्तानकी चर्चित अभिनेत्रीमा पर्छिन् । उनलाई पाकिस्तानकी माधुरी दिक्षित पनि भन्ने गरिन्छ । भारतीय टिभी दर्शकका लागि उनी नयाँ होइनन् । पाकिस्तानी टिभी सिरियल हमसफरमार्फत उनले लाखौं भारतीयहरुलाई फ्यान बनाएकी छिन् ।रइसको विषयमा उनी अगाडि भन्छिन्, ‘यो फिल्ममा मैले आफ्नो ज्यान दिएकी छु । आशा गर्छु कि मानिसहरुले मन पराउनेछन् ।’

करण जोहर निर्देशित फिल्म ए दिल है मुश्किलमा पाकिस्तानी अभिनेता फवाद खानको उपस्थितिलाई लिएर पनि विवाद भएको थियो । तर फिल्मको ट्रेलरमा उनलाई स्पेस नदिइनु र पोष्टरमा पनि नअटाएका कारणले ठूलो समस्या उब्जेन । तर माहिरा खान रइसको पोस्टरदेखि गीतसम्म छाएकी छिन् । दुई देशबीच सम्वन्ध बिगि्ररहेको बेलामा उनी पाकिस्तानबाट भारत आउन कठिन छ ।

माहिरा २०११ मा रिलिज भएको पाकिस्तानी फिल्म बोलमा देखिएकी थिइन् । भारतमा रिलिज भएका थोरै पाकिस्तानी फिल्ममा बोल पनि पर्छ । पछिल्लो वर्ष उनले फिल्म मन्टोमा काम गरिन् ।

माहिरा अचेल मिडियासँग खुलेर बोल्न पनि डराउँछिन् । आफूले पहिले बोलेका कुराहरुलाई लिएर भारतीयहरुले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेपछि उनी सचेत हुन थालेकी हुन् । उनी भन्छिन्, ‘दुई वर्षमा मैले यो सिकेकी छु कि सोचेर मात्रै बोल्नुपर्छ । पहिले म यति धेरै सोच्थिनँ । तर आजकाल बोल्न डर लाग्छ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK