प्रियंकाले बेलायतमा छानिन् उत्कृष्ट नृत्यांगना

ENGLISH

NRN GLOBAL

प्रियंकाले बेलायतमा छानिन् उत्कृष्ट नृत्यांगना

29 November, 2016 | Bipin Acharya | 1075 Views | comments

निर्णायक र परफर्मर दुवै जिम्मेवारीले नायिका प्रियंका कार्की आइतबार दिनभर व्यस्त भइन् । सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ मा प्रियंका कहिले स्टेजमा मन्तव्य दिन पुग्थिन् कहिले आफैं नाच्न । नाचका प्रतियोगीको निष्पक्ष निर्णय गर्नुपर्ने अर्को चुनौती थियो ।

priyanka

‘आफ्ना सन्तानको प्रतिभा उजागर हुने यो प्लेटफर्म उपलव्ध गराइदिनुभएकामा सबै अभिभावकप्रति म कृतज्ञ छु,’ प्रियंका उत्प्रेरित गर्दै थिइन्, ‘आफ्ना छोराछोरी फिल्म, मोडलिङ, डान्स, डाक्टर वा पाइलट जुन क्षेत्रमा रुचि राख्छन् त्यो गर्न दिनुस् । इच्छा मारिदिनुभयो भने उनीहरु दु:खी हुन्छन् र त्यसले अन्त्यमा तपाईं अभिभावकहरु झन् दु:खी बन्नु पर्छ ।’ परिवारकै पूर्ण समर्थनले आफूले सफलता चुमिरहेको उनले स्मरण गरिन् ।

सपन इन्टरटेन्मेन्ट लिमिटेडले आयोजना गरेको उक्त नृत्य प्रतियोगितामा विजेता भइन् जेनी सुनुवार । १२ सय पाउण्ड नगदसहित प्रमाणपत्र र ट्रफी उचालेपछि खुशी व्यक्त गर्दै जेनीले आफ्ना अभिभावक, निर्णायक र आयोजकप्रति कृतज्ञता व्यक्त गरिन् । प्रतियोगितामा फस्ट रनरअप भइन् काजोल गुरुङ । उनले ८ सय पाउण्ड जितेकी छन् भने सेकेन्ड रनर अपको उपाधिमध्ये पहिलो पुनम गुरुङ र दोश्रो रिचा, नेहा र अन्जनाको समूहले जित्यो ।

पब्लिक च्वाइसमा पहिलो स्थान जेनी सुनुवार, दोश्रो काजोल गुरुङ र तेश्रो स्थान प्रतिष्ठा त्रिपाठीले सुरक्षित गरे । उनीहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरियो । एकल र समूहमा आवद्ध कुल १४ प्रतिष्पर्धीले पहिलो चरणमा नेपाली मौलिक नाच र दोश्रोमा स्वेच्छाले विभिन्न नाच देखाएका थिए ।

कार्यक्रमकै लागि नेपालबाट आइपुगेका सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथि थिए नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी । मन्तव्यका क्रममा उनले यस्तो प्रतियोगिताले मनोरन्जनमात्र होइन, युवायुवतीमाझ लुकेको प्रतिभा प्रस्फुटन हुने धारणा राखे । प्रतियोगिताकी एम्बेसडर, निर्णायक एवं कोरियोग्राफर रिनासा बान्तवा राईले डान्समै करिअर बनाउन सकिने उदाहरण दिइन् ।

‘साइन्स पढ्दापढ्दै नृत्यतिर लाग्दा मैले धेरै चुनौती सामना गर्नुपरेको थियो । तर, आफ्नो समर्पणले अहिले म यस स्थानमा छु’, उनले भनिन् ।

सपन इन्टरटेन्मेन्ट लिमिटेडकी निर्देशक मन्जु गुरुङ राईले स्वागत मन्तव्य दिइन् । प्रतियोगितामा प्रियंका, रिनासा, फिल्म निर्देशक मिलन चाम्स र आरजे सन्जय गुप्ता निर्णायक थिए ।

सरला थापा र सूर्य गुरुङले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रममा आर के स्क्वायर ब्याण्डले आफ्नो गीत संगीत प्रस्तुत गरेको थियो

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK