प्रा.डा. सुवेदीलाई बेलायती महारानीद्वारा विशेष पदवी

ENGLISH

NRN GLOBAL

प्रा.डा. सुवेदीलाई बेलायती महारानीद्वारा विशेष पदवी

13 January, 2017 | arjun baral | 1210 Views | comments

surya

बेलायती महारानीले बेलायतमा अध्यापनकार्यमा संलग्न प्रा. डा सूर्यप्रसाद सुवेदीलाई न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनविदहरुलाई प्रदान गरिने पदवी मानार्थ क्वीन्स् काउन्सेल (क्यूसी) प्रदान गर्नुभएको छ ।

क्यूसीको शाब्दिक अर्थ महारानीको मानार्थ कानुनी सल्लाहकार हुन्छ । बेलायतस्थित लिड्स विश्वविद्यालयका प्राध्यापक उहाँलाई सो पदवी दिइएको बेलायत सरकारले जानकारी दिएको छ ।

यसअघि बेलायती महारानीले सुवेदीलाई सन् २००४ मा अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत अफिसर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर (ओबिइ( उपाधि प्रदान गर्नुभएको थियो ।

प्रा. सुवेदीलाई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा विशिष्ट योगदान गरेवापत उक्त पदवी दिइएको बेलायत सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त मान पदवी आगामी फेब्रुअरी १३ मा वेष्टमिनिष्टर हलमा एक विशेष समारोहबीच प्रदान गरिने छ ।

विज्ञप्तिमा प्रा डा सुवेदीलाई मानवअधिकार, न्याय र कानुनको क्षेत्रमा एक अन्तर्राष्ट्रिय स्तरको अभियन्ता उल्लेख गर्दै सुवेदीले बेलायतको परराष्ट्रमन्त्रीको मानवअधिकार कानुनको सल्लाहकारको रुपमा पांच वर्ष र संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानवअधिकार विशेष दूतको रुपमा ६ वर्ष काम गर्दा दिएको उल्लेखनीय योगदानको प्रशंसा समेत गरिएको छ ।

सुवेदीसंगै बेलायतको न्याय र कानुन क्षेत्रमा लब्ध प्रतिष्ठित अरु पाँचजना वरिष्ठ कानुनवीदलाई पनि क्यूसीमा नियुक्त गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK