प्राकृतिक स्रोतसाधनले गाउँपालिका समृद्ध बनाउने योजना

ENGLISH

POLITICS

प्राकृतिक स्रोतसाधनले गाउँपालिका समृद्ध बनाउने योजना

24 May, 2017 | Bhawana Pathak | 670 Views | comments

कास्कीका नवनिर्वाचित गाउँपालिका प्रमुखले प्राकृतिक स्रोतसाधनको उपयोगमार्फत गाउँपालिकालाई समृद्ध बनाउने योजना बनाएका छन् ।

चुनावी घोषणापत्रमा बाटोघाटो, खानेपानी, शिक्षा स्वास्थ्यको उचित प्रबन्ध गर्दै गाउँपालिकालाई समृद्ध बनाउने योजना सार्वजनिक गरिएकोमा निर्वाचित भएसँगै ती प्रतिवद्धतालाई कार्यान्वयनमा लैजाने उनीहरुले बताएका छन् ।

नयाँ संरचना अनुसार पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ«े, रुपा र मादी गरी चार गाउँपालिका छन् । भौगोलिक अवस्थितिका कारण विशेषतः पर्यटन, कृषि र जलविद्युत् नै यहाँको आर्थिक विकासको प्रमुख आधार बन्नसक्ने देखिएको छ ।

यस क्षेत्रमा रहेका स्रोतसाधनको अधिकतम परिचालन गर्दै अन्नपूर्ण गाउँपालिकालाई समृद्धिको मार्गमा लैजाने धेरै सम्भावना रहेको गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज कुँवर बताउनुहुन्छ ।

विकासका लागि सर्वप्रथम गाउँबस्तीका बाटोघाटो निर्माण तथा स्तरोन्नति आवश्यक रहेको उहाँको भनाइ छ । अन्नपूर्ण गाउँपालिकामा आफूले बाटोघाटो निर्माणका साथै प्रत्येक बस्तीमा खानेपानीको सहज व्यवस्थापनको विषयलाई प्राथमिकतामा राखेको कुँवरले बताउनुभयो ।

“अन्नपूर्ण बेसक्याम्पमा वार्षिक ५५ हजार पर्यटक आउने गर्दछन्,” उहाँले भन्नुभयो, “सुधारिएका सडक, खानेपानी, शिक्षा स्वास्थ्यलगायत अत्यावश्यकीय विषयलाई प्राथमिकतामा राखी तत्काल योजनासहित अघि बढ्छौँ ।”

अन्नपूर्ण गाउँपालिकामा पर्यटनको विकासका साथै जलविद्युत् आयोजनाको विकास, जडिबुटीको उपयोग आदिले यही स्वरोजगार अभिवृद्धि गर्न सकिने सम्भावना रहेका कारण यी विषयलाई प्राथमिकताका साथ अघि बढाउने उहाँले बताउनुभयो । विश्वकै उत्कृष्ट राउन्ड अन्नपूर्ण पदमार्गको अधिकतम भू–भागमा पर्ने उक्त गाउँपालिकामा नयाँ पुलदेखि बिरेठाँटी, तिखेढुङ्गा घोडेपानी मुक्तिमार्ग निकै चर्चित पदमार्ग हुन् ।

यहाँका अन्य पदमार्गका साथै घान्द्रुक, छोम्रोङ, झिनु, लान्द्रुक, वीरेठाँटी, नयाँ पुल, ताञ्चोक, लुम्ले, ठूलाखर्क, पोथना जस्ता ठाउँ तथा गाउँ पर्यटकलाई लोभ्याउने खालका छन् । चार हजारदेखि आठ हजार मिटर माथिसम्मका यहाँका अन्नपूर्ण पहिलो, अन्नपूर्ण साउथ, हिउँचुली, बराहचुली, सिन्गुचुली, पातलचुली, टेन्ट पिक (थर्पुचुली), खयर बराहलगायत हिमालको उपयोग गर्न सके पनि सो गाउँपालिका समृद्ध बन्नसक्ने देखिन्छ ।

जडिबुटीको प्रचुर सम्भावनायुक्त यहाँ पाँचऔंले, सतुवा, वन लसुनलगायत जडिबुटी पाइन्छन् भने डाँफे, मुनाल, घोरलजस्ता चरा र जीवजन्तु पाइन्छन् ।

यस्तै कास्कीको प्राकृतिक स्रोत साधनले सम्पन्न अर्को गाउँपालिका मादी हो । यहाँको विकासका लागि बाटो तथा पुल–पुलेसा निर्माण गर्नु अपरिहार्य भएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताउनुभयो ।

“बाटोघाटो नहुँदा गाउँपालिकाका सबै वडाबाट सेवा केन्द्रमा आउन समस्या छ,” उहाँले भन्नुभयो, “बढीमा एक घन्टाभित्रमा केन्द्रमा आउनसक्ने गरी बाटो निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छु ।”

गाउँपालिकाभित्रका कतिपय ठाउँमा सोलारका साथै साना जलविद्युत् आयोजना प्रयोगबाट विद्युत् सञ्चालन भएको छ । सबै गाउँ तथा बस्तीमा केन्द्रिय प्रशारण लाइनबाट विजुली दिने, सूचना र प्रविधिको सहज पहुँच उपलब्ध गराउने योजना उहाँको छ ।

पर्यटन र जलविद्युत्को पर्याप्त सम्भावना रहेको यस गाउँपालिकाभित्र सिक्लेस, ताङतिङ, याङजाकोट, नागिधार, बारचोक, भाचोक, तप्राङलगायत पर्यटकीय गाउँ छन् ।

कास्की र लमजुङको सिमानास्थित तमुको उद्गमस्थल क्होला सोंथर यसै गाउँपालिकामा पर्छ भने पर्यटकीयस्थल दूधपोखरी पनि यही गाउँपालिकामा पर्छ । सिक्लेसदेखि मनाङसम्म र लमजुङ, नागिधार, भाचोक, बारचोक, याङजाकोट, ताङतिङदेखि सिक्लेससम्मको पदमार्ग यहाँको विशिष्ट पद्मार्ग हो भने विश्वकै सबैभन्दा होचो स्थानमा रहेको कफुचे हिमताल पनि यतै पर्छ ।

गाउँपालिकाको सबै वडा भएर बग्ने मादी विद्युत् निकाल्नका लागि अत्यन्त सम्भावना युक्त नदी हो । गाउँपालिकाभित्र पाँचऔंले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडिबुटीको अधिकतम उपयोग पनि यहाँको आर्थिक समृद्धिका लागि महत्वपूर्ण सहयोगी बन्ने देखिन्छ ।

पोखराको विशिष्ट आकर्षण माछापुच्छ«े हिमाल अवस्थित माछापुच्छ«े गाउँपालिकाको समृद्धिका लागि यहाँको पर्यटन, जलविद्युत्, कृषि आदिको विकासलाई प्राथमिकतामा राख्ने अध्यक्ष कर्ण गुरुङको लक्ष्य छ ।

गाउँपालिकामा बाटोघाटो निर्माणका साथै खानेपानी प्रमुख समस्या रहेका कारण यस विषयलाई आफूले पहिलो प्राथमकितामा राखेको बताउँदै गुरुङले उपलब्ध प्रकृतिप्रदत्त सम्पदालाई उपयोग गर्दै विकासका योजना अघि बढाउने बताउनुभयो ।

“दुई वर्षभित्रमा एक घर एक धाराको अभियानलाई सफल बनाउँछौँ,” उहाँले भन्नुभयो, “स्थानीयवासीलाई सक्षम बनाउनका लागि मानव स्रोत विकासका योजनासहित कृषिको व्यवसायीकरण र विकासका योजना अघि बढाइने छ ।” सो गाउँपालिमा रहेका मिर्सागाउँ र धम्पुसको हेमजाकोट तथा घाचोक गाविसका केही गाउँ होम स्टेका लागि प्रख्यात छन् ।

यहाँका घाचोक–कोर्जा, रिभान–कोर्जा, धम्पुस–अष्ट्रेलियन क्याम्प हुँदै अन्नपूर्ण बेस क्याम्प जस्ता पदमार्ग आम्दानीको महत्वपूर्ण आधार बन्नसक्ने देखिन्छ । यहाँका घाचोक, माछापुच्छ्रे«, ल्वाङघलेल, धम्पुस र सार्दीखोला जडिबुटीका लागि प्रख्यात छन् । मार्दी, सेती र लस्ती तीनवटै खोलाबाट विद्युत् उत्पादन गर्न सकिन्छ ।
रुपा तालबाट नामाकरण भएको रुपा गाउँपालिका जिल्लाकै सानो गाउँपालिका हो । गाउँपालिकामा बाटोघाटोका साथै खानेपानीको चरम समस्या रहेको अध्यक्ष नवराज ओझा बताउनुहुन्छ । “गाउँपालिकाको केन्द्रसम्म जोड्ने बाटो तत्काल निर्माण गर्नु अपरिहार्य छ, यहाँ खानेपानीको पनि उस्तै समस्या छ, ”– उहाँले भन्नुभयो,“उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै गाउँपालिकालाई समृद्ध बनाउने सोचमा छु ।”

कृषिको व्यवसायीकरण गर्नु आवश्यक रहेको बताउँदै उहाँले गाउँपालिकाभित्र पशु बिमा कार्यक्रम अघि बढाउने बताउनुभयो । तुलनात्मक रूपमा जिल्लाका अन्य गाउँपालिका भन्दा स्रोतसाधन कम भए पनि पर्यटन र कृषिका माध्यमबाट यसको विकास गर्न सकिन्छ ।

रूपा ताललाई पर्यटकीय रुपका साथै माछापालन, जलविद्युत् आदिमा उपयोग गर्ने पर्याप्त सम्भावना छ । उपलब्ध वन पैदावरको अधिकतम उपयोगका साथै यहाँस्थित चिसापानीको देवी मन्दिर, हङ्सपुरको स्याक्लुङकोट, इन्द्रगुफा, रूपाकोटको चिसापानी, भीरचोक कोट, बराहाथोकको काल भैरव मन्दिर आदि स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK