प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

ENGLISH

TRAVEL

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

19 September, 2018 | Kabiraj Adhikari | 35985 Views | comments

फाइल तस्बिर

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ ।

पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ । अहिले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र त्यहाँबाट पैदलयात्रा गरी जाने गर्छन् । त्यस्सैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ ।

पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नक केबलकार निर्माण गर्न लागिएको हो । पर्यटकीयस्थल पञ्चासे पुग्न पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबलकार निर्माणको प्रक्रिया अघि बढाएको जनाएका छन् । घाँटीछिनाबाट पञ्चासेसम्मको केबलकारको दूरी झण्डै ८.५ किलोमिटर हुने भएको छ । केबलकार निर्माण गर्न विस्तृत सर्वेक्षणको कार्य भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

पञ्चासेसम्म पुग्ने केबलकार निर्माण गर्न करीब रु सात अर्ब लाग्ने अनुमान गरिएको र चार वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । केबलकारमा ८० पोल राखिनेछ ।

पञ्चासे पुग्ने पर्यटकका लागि पोखराबाट पामे हुँदै र पर्वतको कुश्माबाट आर्थर हुँदै भञ्ज्याङ्गसम्म कच्ची सडकको सुविधा छ । त्यहाँ जाने पर्यटकलाई आधार बनाएर पोखरा महानगरको भदौरे, सिदाने, कुबिडाँडालगायतका स्थानमा घरबास सञ्चालनमा छन् । पर्वतको कुश्मा नगरपालिका– १४ आर्थर डाडाँखर्क र मोदीगाउँपालिका वडा नं ८ चित्रेमा पनि घरबास सुविधा सञ्चालनमा रहेको छ ।

केबलकार सञ्चालन सँगसँगै घरबास सञ्चालित गाउँको पर्यटन प्रवद्र्धन लागि विभिन्न आयोजना रहेको शर्माले बताउनुभयो । केबलकार कम्पनीले पञ्चासे लेकभन्दा तल भाडामा जग्गा लिएर जल मनोरञ्जनस्थल, स्थानीय हस्तकला बिक्री केन्द्र, रिसोर्ट, घरबास, प्रेमपार्क, मदिरा सेवन क्षेत्र, पञ्चासे मन्दिरको जीर्णोद्धारलगायतका योजना बनाएको कम्पनीले जनाएको छ । पर्वत, स्याङजा, पोखरा, चितवन काठमाडाँैलगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी तथा शिक्षक यहाँ आउने गरेका छन् । पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका गुनासो पर्यटकको छ ।

पोखरा–बागलुङ सडक दैनिक सात घण्टा बन्द

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक सात घण्टा बन्द गर्न थालिएको छ । गत असारदेखि निर्माण कार्य थालेको मध्यपहाडी लोकमार्ग आयोजनाले असोज २० गतेसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालेपछि यात्रुलाई समस्या परेको छ ।

सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि खहरेगेटसम्म असोज १ गतेदेखि दैनिक सात घण्टा बन्द गर्न थालिएको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको छ । सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राति ८ बजेसम्म दुई घण्टा सडक बन्द भइरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।

असोज २० देखि दशैँ शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताउनुभयो । सडक खुला हुँदा सबै प्रकारका सवारी साधन आवतजावत गर्न कुनै समस्या नहुने गरी व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो । असोज ५ देखि हुने नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनका बेला सडक किनारमा राखिएको निर्माण सामग्रीलाईसमेत हटाएर सडक फराकिलो बनाउने काम भएको म्यानेजर भुसालले बताउनुभयो ।

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले रु ८३ करोड ९८ लाखमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म १५ प्रतिशत काम सकिएको छ । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशैँ तिहारपछि कामलाई अझै तीव्र बनाउने बताइएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपको बनाउन मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्ने काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्षभित्र पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । विसं २०५० मा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको अवस्थामा स्तरोन्नति गर्न थालिएको हो । सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो भने साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमासमेत जोखिम बढेको थियो । लक्ष्मीप्रसाद सापकोटा, रासस ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK