प्रवासी नेपाली मन्च जापानको आयोजनामा प्रशिक्षण तथा रात्रीभोज कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

प्रवासी नेपाली मन्च जापानको आयोजनामा प्रशिक्षण तथा रात्रीभोज कार्यक्रम सम्पन्न

22 January, 2017 | Sandeep Bhattarai | 1225 Views | comments

प्रवासी नेपाली मन्च जापान

जापान स्थित नेकपा(एमाले)को भातृ संगठन प्रवासी नेपाली मन्च राष्ट्रिय कमिटीको आयोजनामा आन्तरीक प्रशिक्षण तथा रात्रीभोज कार्यक्रमक गत जनवरी १९ मा टोकियोमा भब्यताको साथ सम्पन्न भएको छ।

आयोजक संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रशिक्षण तथा रात्री भोज कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी नेकप(एमाले)का उपमहासचिव,बिष्णु पौड्याल रहनु भएको थियो।,विशेष अतिथीमा ,नेकपा(एमाले) का केन्द्रीय कमिटी सदस्य, डा, राजन भट्टराई,बिशेष अतिथीमा नेकपा(एमाले) केन्द्रीय कमिटी सदस्य तथा रूपन्देही जिल्ला ईन्चार्ज लिला गिरी,रहनु भयको थियो।

त्यसैगरी अन्य अतिथीमा प्रवासी नेपाली मन्च जापानकी पूर्व अध्यक्ष एवं नेकपा(एमाले)का केन्द्रीय बिदेश बिभाग सदस्य सिर्जना काफ्ले नेकपा(एमाले) का नेतृ सपना पौड्यालज्यूहरूको आतिथ्यता रहेको थियो। प्रशिक्षण मन्तब्य दिने क्रममा प्रमुख अतिथीको आसनबाट बिष्णु पौड्यालले पार्टी र मुलुकको बारेमा उपस्थित कार्यकर्तालाई प्रशिक्षित गर्नु भएको थियो। विशेष अतिथीको आसन बाट डा राजन भट्टराईले प्रवासमा रहेका भातृ संगठनको बारेमा,मुलुकको परराष्ट्र निती सम्बन्धी सुगौली सन्धी देखी हाल सम्म देखिएका घट्नाक्रमको बारेमा प्रकाश पार्नु भएका थियो।

त्यसैगरी लिला गिरीले मुलुकको समसामयिक राजनितीको बारेमा प्रकाश पार्नु भएको थियो। त्यसै गरी आरक अतिथीसिर्जना काफ्लेले डायस्पोरामा रहेका हामी नेपालीहरूले आफु रहेका मुलुकहरूबाट सिकेको ज्ञान,सिप,पुँजी,र भैबबलाई मुलुक सम्वृद्धि लगाउनु पर्ने बिचार राख्नु भएको थियो। राष्ट्रको सम्मानमा राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञात,अज्ञात शहीदहरू प्रती १ मिनट मौन धारणा गरिएको थियो।

j1

कार्यक्रममा स्वागत मन्तब्य मन्चका उपाध्यक्ष मोहनसिंह रायमाझीको रहेको थियो भने कार्यक्रम संचालन मन्चका महासचिव सुरेश केसीले गर्नुभएको थियो। नेतागणहरूको जापान भ्रमणको अवसर पारेर अत्यन्त छोटो समयमा आयोजना गरीएको उक्त कार्यक्रम गुणात्मक हिसावले अत्यन्त फलदायी रहेको आयोजक संस्थाको ठम्याई रहेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK