प्रवासी नेपाली मञ्च डेनमार्कको चौथो अधिवेशन हुने

ENGLISH

NRN GLOBAL

प्रवासी नेपाली मञ्च डेनमार्कको चौथो अधिवेशन हुने

29 December, 2016 | Bipin Acharya | 875 Views | comments

प्रवासी नेपाली मञ्च डेनमार्कको चौथो अधिवेशन हुने भएको छ। मञ्चको हालै बसेको बैठकले विभिन्न निर्णय गर्दै मञ्चको चौथो अधिवेशन आउँदो वर्ष मार्च महिनामा गर्ने निर्णय गरेको हो। तेस्रो कार्यसमितिलाई पुनर्गठन गर्दै चौथो अधिबेशन आयोजक समितिको रुपमा रूपान्तरित समेत गरेको छ।

निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए अनुसार विधानतः समितिको कार्यकाल दुइ वर्षको हुने भएकोले समयमा अधिवेशन गर्न सम्भव नभएको खण्डमा समिति पुनर्गठन गर्दै नयाँ मिती तोक्नु पर्ने भएकोले पुनर्गठन गरिएको बताए। उनले बताए अनुसार विधानतः सन २०१७ को जनवरी पहिलो हप्ता अधिवेशन भैसक्नु पर्ने थियो तर विविध कारणवस गर्न नसकिएकोले समिति पुनर्गठन गरिएको हो।

बैठकले निवर्तमान उपाध्यक्ष सुसील घिमिरेको संयोजकत्वमा पुनर्गठित समितिले मंचका नियमित कार्यको साथसाथै चौथो राष्ट्रिय अधिबेशन आयोजनार्थ आवस्यक संपूर्ण तैयारी पनि गर्ने निवर्तमान महासचिव दीपक पाण्डेयले जानकारी दिएका छन। चौथो अधिवेशनलाइ भव्य बनाउनको लागि आयोजक समितिमा निवर्तमान कार्यसमितिमा रहेका अधिकांस ब्यक्तिहरु सदस्यको रुपमा रहेका छन भने केहि सदस्य पछि थप गरिनेछ पनि पाण्डेयले जानकारी दिए।

समितिको सचिवको जिम्मेवारी निवर्तमान महासचिव दीपक पाण्डेयलाई दिइएको छ। साथसाथै आयोजक समितिलाई आवस्यक सल्लाह र सहयोगको लागि एक सल्लाहकार समिति समेत गठन गरिएको र अधिबेशन आयोजक समितिको बैठक छिटै बसी आवस्यक उपसमितिहरु गठन गर्नुका साथै तयारीका अन्य योजनाहरु निर्माण गर्नेछ।

यसैगरी बैठकले केहि समयदेखि अस्वस्थ भै उपचार गराइरहनुभएका यसै मंचका निवर्तमान उपाध्यक्ष श्री विष्णुप्रसाद पौडेलको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK