प्रवासी नेपालीहरुद्वारा जिल्ला अस्पताललाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

प्रवासी नेपालीहरुद्वारा जिल्ला अस्पताललाई आर्थिक सहयोग

आरपी सहयात्री

11 May, 2017 | Bipin Acharya | 495 Views | comments

सन्धीखर्क जिल्ला अस्पतालमा सोलार जोड्न रोजगारीका क्रममा विदेश गएका अर्घाखाँचीका युवाहरुले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । दस लाख रुपैयाँमा जडान गरिएको उक्त सोलार जडान कार्यमा स्वास्थ्य मन्त्रालय र सन्धिखर्क नगरपालिकाबाट उपलब्ध आर्थिक सहयोगमा विदेशियका अर्घाखाँचीबासीहरुले सहकार्य गरेका अभियानका एक सदस्य राजु खड्काले बताए ।

सोलार जडान भएसँगै अब अस्पातलमा २४ सै घण्टा विद्युतीय सुविधा उपलब्ध हुने भएको छ । सोलार जोडने अभियानमा युएई, कतार, साउदी अरब, कोरिया र अमेरिकामा रहेका अर्घाखाँचीबासीहरुले संयुक्त रुपमा रकम संकलन गरेका थिए ।

यो अभियानमा युएईको दुबईबाट आईशा चिनाल र फुजेराबाट वीरेन्द्र खड्काले संयोजन गरेका थिए भने साउदीबाट गिरिराज खनाल, कोरियाबाट माधव गौतम र सुन्दर पन्थीको संयोजकत्वमा रकम संकलन गरिएको थियो । यस अभियानमा अमेरिकाबाट गोपी गौतम, कतारबाट हरि आचार्यले रकम नेतृत्व गरेका थिए । संकलित रकम गत वैशाख २५ गते रेडक्रस दिवसको अवसर पारेर अस्पताल परिसरमा हस्तान्तरण गरिएको अभियन्ता खड्काले जानकारी दिए ।

अर्घाखाँची जिल्लाकै एकमात्र ३० शैयाको अस्पताललाई पूर्ण रुपमा सुविधा सम्पन्न बनाउन प्रवासी नेपालीहरुको योगदान गर्न पाउँदा गौरव लागेको दुबईमा कार्यरत अर्घाखाँचीकी आईसा चिनालले बताइन् । यस अभियानमा सहयोग गर्ने सबैलाई अस्पताल प्रसाशनले कदरपत्रले सम्मान गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK