प्रवासीद्वारा आगलागीपीडितलाई सहयोग प्रदान

ENGLISH

NRN GLOBAL

प्रवासीद्वारा आगलागीपीडितलाई सहयोग प्रदान

26 February, 2017 | Sandeep Bhattarai | 1095 Views | comments

सहयोग

रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका लिम्बू समुदायका नेपाली युवाद्वारा स्थापित याक्थुङ सयङ दक्षिण कोरियाले तेह्रथुमको सक्रान्तिबजारका आगलागीपीडितलाई रु एक लाख ८१ हजार सहयोग प्रदान गरेको छ ।

सयङको अगुवाइमा सङ्कलित राहत रकम सक्रान्तिबजारका आगलागीपीडितको सहयोगार्थ स्थापित ‘सक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा जम्मा हुनेगरी शुक्रबार प्रदान गरिएको हो ।

सक्रान्तिबजारस्थित नागेश्वर पञ्चाङ्ग शिवालय मन्दिरमा आयोजित कार्यक्रममा सयङका संस्थापक सल्लाहकार कुविर लिङ्देनले इलाका प्रशासन कार्यालय सक्रान्तिबजारका प्रमुख सफल पोर्तेललाई रकम हस्तान्तरण गर्नुभयो ।

सयङले ‘पुरानो डुङ्गा’ नामक नेपाली चलचित्र प्रदर्शन गरी करिब रु ७० हजार तथा बाँकी रकम दक्षिण कोरियामा रहेका नेपालीबाट सङ्कलन गरेको हो ।

आगलागीबाट घर तथा व्यवसाय गुमाएका पीडितको तत्कालीन जीविकोपार्जन तथा आगामी दिनमा पेसा व्यवसाय सञ्चालनमा सहयोग पुग्ने विश्वासका साथ सहयोग सङ्कलन गरिएको लिङ्देनले बताउनुभयो ।

इलाका प्रशासक पोर्तेलले रोजगारीका क्रममा विदेशमा रहेका युवाले आगलागी पीडितको सहयोगार्थ चलाएका सहयोग सङ्कलनका अभियानले आगलागीपीडितको जीविकोपार्जन तथा सक्रान्तिबजारको पुनःनिर्माणमा ठूलो योगदान पुगेको बताउनुभयो ।

गत पुस १ गते आठराईस्थित सक्रान्तिबजारमा भएको आगलागीमा ३२ घर टहरा जल्दा ७३ परिवार विस्थापित भएका थिए । आगलागीपीडित उद्योग वाणिज्य सङ्घ सक्रान्तिबजारको टहरा, कृषि विकास कार्यालयको भवन, आफ्ना आफन्त तथा डेरा गरी बस्दै आएका छन ।

आगलागी भएको साढे दुई महिना बिते पनि सक्रान्तिबजारको पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । आगलागीपीडितका लागि सङ्कलित सहयोग रकममध्ये अधिकांश सक्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोषमा जम्मा हुँदै आएका छ । जिन्सी तथा खाद्यान्न सहयोग भने पीडित स्वयम्ले पाउने गरेका छन् ।

प्रवासी नेपाली र काँग्रेस ताप्लेजुङद्वारा पहिरो र आगलागीपीडितलाई राहत वितरण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK