प्रवासबाट मिर्गौला रोगी इन्द्राको लागि आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

प्रवासबाट मिर्गौला रोगी इन्द्राको लागि आर्थिक सहयोग

8 September, 2016 | Sandeep Bhattarai | 895 Views | comments

सहयोगम्याग्दीकी एक मिर्गौला रोगीको उपचारका लागि प्रवासीबाट बुधबार साढे दुई लाख रुपैयाँभन्दा बढी नगद सहयोग प्राप्त भएको छ ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ताकम–४ की २४ बर्षीया इन्द्रा खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको अभियानमा अस्ट्रेलिया र न्युजिल्यान्डबाट दुई लाख २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

अस्ट्रेलियामा हरि कार्की र चिना केसीको पहलमा सङ्कलन भएको एक लाख ८३ हजार ९५० रुपैयाँ उहाँहरुका अभिभावक याम केसीले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो ।यसैगरी, प्रवासी नेपाली म्याग्देली सङ्घ मोना न्युजिल्यान्डले खत्रीलाई ४१ हजार ९५० रुपैयाँ सहयोग गरेको छ । संस्थाकी कोषाध्यक्ष सुनिता बज्राचार्य र प्रदीप बज्राचार्यले सहयोग रकम कोषका अध्यक्ष शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।

दुईवटै मिर्गौलाले काम नगरेपछि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेकी खत्रीका परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग सङ्कलनका लागि अभियान सुरु गरिएको थियो ।

यस्तै, बेगखोलाका बाढीपीडितलाई प्रवासी नेपाली म्याग्देली सङ्घ मोना कतारले ३५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठले बाढीपीडितको राहतका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको कोषका अध्यक्ष शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि हेर्नुस –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK