प्रवासबाट बोनम्यारो पीडित क्षेत्रीलाई आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

प्रवासबाट बोनम्यारो पीडित क्षेत्रीलाई आर्थिक सहयोग

9 January, 2017 | Sandeep Bhattarai | 1120 Views | comments

आर्थिक सहयोग

म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग सङ्कलन अभियानमा पोर्चुगलमा रहेका म्याग्देलीले समेत आर्थिक सहयोग गरेका छन् ।

मोना पोर्चुगल र त्यहाँ रहेका राखुबासी युवाको पहलमा रु एक लाख ९८ हजार ४९४ सहयोग सङ्कलन गरी सीता बचाउ अभियानमा सहयोग गरिएको हो ।

क्षेत्रीको उपचारमा पोर्चुगलमा रहेका म्याग्देलीसँगै त्यहाँ रहेका नेपालका विभिन्न जिल्लाका महानुभावले समेत सहयोग गरेको मोना पोर्चुगलका सहकोषाध्यक्ष रामजी भण्डारीले जानकारी दिनुभयो । मोना पोर्चुगलले यसअघि पनि जिल्लामा भएका अन्य दैवी प्रकोप, आर्थिक विपन्नताको कारण उपचार गराउन नसकेकालगायतको सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

टिचिङ अस्पताल काठमाडौँमा उपचाररत क्षेत्रीको उपचारार्थ पोर्चुगलबाट उपलब्ध भएको सहयोगले धेरै राहत मिलेको सीता(कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानका संयोजक नन्दबहादुर खत्रीले बताउनुभयो । क्षेत्रीको उपचारमा करिब रु ७० लाख लाग्ने अस्पतालले जनाएको छ भने अभियानअन्तर्गत हालसम्म रु २८ लाख सङ्कलन भइसकेको छ ।

क्षेत्रीको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताले बेनीस्थित ग्लोबल आइएमइ बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK