प्रवासका झापालीले बाढी पीडित वस्ती पुनर्निमार्ण गर्ने

ENGLISH

प्रवासका झापालीले बाढी पीडित वस्ती पुनर्निमार्ण गर्ने

13 November, 2017 | Kunjar Bhattarai | 825 Views | comments

प्रवासी झापालीहरुले आफ्नो जिल्लाका बाढी पीडितहरूको वस्ती निर्माण गरिदिने भएका छन् ।

अन्तराष्ट्रिय झापाली समाज पूर्व संयोजक भवानी ओलीले शनिबार सिड्नीमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरेका हुन् ।उनी गत वर्ष झापामा बाढी पीडितको उद्दार र राहतमा प्रत्यक्ष रुपमा खटेका थिए ।

झापाको कमल गाउँपालिकामा झन्डै ३० लाखको लागतमा केही घरहरु पुनर्निर्माण गरी स्थानीय जनतालार्इ हस्तान्तरण गरिने अन्तर्रास्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष दिनेश पोखरेलले जानकारी दिए ।उनले सो कामका लागि विश्वका विभिन्न देशबाट प्रतिबद्दता प्राप्त भैसकेकोले अब छिट्टै निर्माण कार्य सुरु गरिने उनले बताए ।

चार वर्ष अघि स्थापना भएको यो समाजले प्रत्येक महिना नेपाल केन्द्रित सेवा कार्य गर्दै आएको छ ।
झापा जिल्लाका दश वटा बिद्यालयलार्इ विभिन्न संरचना निर्माणमा सहयोग, अस्ट्रेलिया तथा नेपालमा बवपतमा पर्ने मानिसलार्इ सहयोग, अस्ट्रेलियामा नेपाली संस्कृति संरक्षण लगायतका कार्य गरिरहेको छ ।

उक्त कार्यक्रममा नेपाली दूतावास अस्ट्रेलियाका उपनियोग प्रमुख राजेन्द्र पाण्डे, न्यूसाउथ वेल्सका लागि नेपाली महाबाणिज्यदूत दीपक खड्का, गैरआवासीय नेपाली संघ ओसियाना क्षेत्र संयोजक धर्मराज अधिकारी लगायतले नयाँ कार्यसमितिलार्इ शुभकामना दिएका थिए ।

दीपक चुँडालको अध्यक्षतामा चयन भएको २०१७-२०१९ को नयाँ कार्यसमितिको उपाध्यक्षमा उमेश पोखरेल, नेत्र पौडेल र नारायण खड्का चयन भएका छन् भने कार्यसमितिको सचिवमा अशोक उप्रेती , सह सचिवमा तीर्थ खतिवडा तथा कोषाध्यक्षमा प्रबिण चौहान निर्वाचित भएका छन् ।समाजको नयाँ कार्यसमिति सदस्यमा राजकुमार गोश्वामी, नरेश उप्रेती,नवीन खनाल, सुधिर पौडेल, सागर पराजुली, नविन थपलीया, अमित श्रेष्ठ र मदन धौराली छन् ।

झापाली समाज अष्ट्रेलियाद्वारा ६० लाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK