प्रमुख नदीबाट उन्नाइस मेट्रिक टन फोहर व्यवस्थापन

ENGLISH

प्रमुख नदीबाट उन्नाइस मेट्रिक टन फोहर व्यवस्थापन

रासस

28 January, 2017 | Bhawana Pathak | 585 Views | comments

उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

fohor

बागमती सफाइ महाअभियानको १९४ औँ हप्तामा आज गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गर्नुभएको थियो ।

सफाइमा प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यलगायत अभियानकर्मीको उपस्थिति थियो ।

आजको सफाइमा भारतको हरिद्वारको विद्या आश्रमका चार कन्याको पनि सहभागिता थियो । ती कन्या बागमती सफाईमै सहभागी हुन नेपाल आउनुभएको आयोजना प्रमुख सिंहले बताउनुभयो ।

सफाईमा टेलिकमको वार्षिकोत्सवका अवसर पारेर कर्मचारीको पनि उल्लेख्य उपस्थिति थियो । सो अवसरमा टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सफाई महाअभियानलाई ३०० जोर बूट, ३०० जोर स्थायी पञ्जा, १०० ट्र«याक सुट, ५० डोको र ५० फलामको सुइरो हस्तान्तरण गर्नुभयो ।

सफाईसँगै यस क्षेत्रका घरदैलोमा पुगी जनचेतनामूलक अभियान सञ्चालन गर्ने क्रममा सुकुम्वासी बस्तीमा भगवती कार्कीका दुई अपाङ्ग छोराहरुलाई बाँधेर राखिएको अवस्थामा फेला पारेपछि उपचार एवम् शिक्षा दीक्षाका लागि रु एक लाख ३८ हजार ९६० सहयोग सङ्कलन भएको मुक्तिनाथ विकास बंैकका सञ्चालक नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

“टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत रु एक लाख, बैंकले रु १० हजार र सफाईमा उपस्थितबाट रु २८ हजार ९६० सङ्कलन गरिएको, थप उपचार एवम् शिक्षा दीक्षाका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ”–उहाँले भन्नुभयो । रुद्रमती सफाईको १५३ औँ हप्तामा आज नीलोपुलदेखि गोपीकृष्ण पुलसम्मको क्षेत्रमा सफाई गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

सफाईमा काठमाडौँ महानगरपालिकाका वडा नं ४ र ७ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारीहरु लगायतको सहभागिता थियो । सफाईको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो । अर्को शनिबार १५४ औँ हप्ताको रुद्रमती सफाई गोपीकृष्ण पुलदेखि भत्केको पुल क्षेत्रसम्म गरिने उपाध्यक्ष गिरीले बताउनुभयो ।

विष्णुमती सफाईको १२६ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाई गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाईमा स्थानीयवासीको कम सहभागिता जुटेको अभियानकर्मी बिजेन्द्र लामाले बताउनुभयो । धेरैजसोले सेफ्टी ट्याङ्की नबनाई सिधै खोलामा ढल हालेको पाइएको उहाँले जानकारी दिनुभयो ।

नख्खुखोला सफाईको ७० औँ हप्तामा आज कार्यविनायक नगरपालिका वडा नं २ फूलबारीमार्ग र फूलबारी बगैँचा सफाई गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरसफाई अभियानका संयोजक बलुदेव पाण्डेले बताउनुभयो । सङ्कलन गरिएको फोहर नेप्से म्याक प्रालिले व्यवस्थापन गर्नेछ । यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज लगायत संस्थाले सफाई गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK