प्रभासको संघर्षलाई यसरी सम्झिए राजामौलीले

ENGLISH

ENTERTAINMENT

प्रभासको संघर्षलाई यसरी सम्झिए राजामौलीले

22 May, 2017 | Bhawana Pathak | 495 Views | comments

जसले बाहुबलीको पहिलो र दोस्रो संस्करण दुबै हेर्नुभयो उहाँहरुलाई थाहा होला कि फिल्मले किन यति धेरै चर्चा कमाएको छ । फिल्मका निर्देशक एस.एस राजामौलीले सानोभन्दा सानो कुरालाई ध्यानमा राखेर फिल्मको निर्देशन गरेका छन् जसले धेरैभन्दा धेरैको ध्यान आकृष्ट गर्न सफल भयो ।

यी दुई फिल्म एक पछि अर्को गरी सुटिङ गरिएको हो जुन पूर्ण हुन् पाँच वर्ष लागेको थियो । फिल्ममा हिरोका प्रतिद्वन्द्वी राना दग्गुबातीले बाहुबलीको छायांकनका क्रममा अन्य फिल्ममा पनि काम गरिरहेका थिए भने उता हिरो प्रभासले फिल्मको छायांकनको क्रममा आएका फिल्मका सबै अफरलाई अस्विकार गरेका थिए ।

निर्देशक राजामौलीले पटक पटक भन्ने गरेका छन् कि यदि प्रभासले फिल्मप्रति त्यति समर्पण नदेखाएका भए फिल्म बन्न सम्भव नभएको बताउने गरेका छन् । राजामौलीले उनका फिल्मका स्टारसँग कस्तो सम्बन्ध राख्छन् भन्ने विषयमा कुराकानी गरेका छन् ।

‘प्रभासले लगातार तीनवटा हिट फिल्म दिएका थिए त्यसकारण निर्माताहरु उनको वरिपरि पैसा लिएर घुम्ने गर्दथे तर उनले भने आफ्नो पूरा ध्यान बाहुबलीलाई मात्र दिए । उनले आफ्ना म्यानेजरलाई निर्मातासँग केही पनि माग नगर्न र उनीहरुले दिएको केही पनि नलिन निर्देशनसमेत दिएका थिए ।’

‘कुनै बेला थियो उनलाई पैसाको समस्या थियो । निर्माताले उनको घरमा अफर, पैसा र चेकको बाढि नै ल्याइदिए, कहिलेकाँही त्यसबापत् केही पनि चाँहिदैनसमेत भने ।’

‘निर्माताहरुको यस्तो व्यवहारले उनी डराए । के गर्ने भन्दै मलाई फोन गरेर सोधे । मैले उनलाई उक्त पैसाको उनको कामसँग कुनै सम्बन्ध छैन भनी एक पत्र तयार गर्न आग्रह गरें । तर उनले यसो गर्न मानेनन् किनभने मानिसहरुले पुनः पैसाको माग गरे कसरी फिर्ता गर्ने भनी उनले मलाई सोध्दथे । १० करोडको एक विज्ञापन गर्ने अफर आएको थियो उनलाई । उनले त्यो पनि अस्विकार गरिदिए । प्रभासलाई कसरी झुटो बोल्ने थाहा छैन । उनी बिना कारण कसैको भावनामाथि ठेस् पुर्याउन चाहँदैनन् ।’

सुपरस्टार निर्देशकले प्रभास फिल्मको सेटमा जति ऊर्जावान् छन् वास्तविक जीवनमा भने उनी त्यसको ठिक विपरित भएको खुलासा गरेका छन् ।‘उनी सेटमा निकै मेहनती र कामका भोगी छन् । उनी जे कुरामा पनि पूर्णता चाहन्छन् तर वास्तविक जीवनमा उनी निकै सुस्त छन् । तपाईंले विश्वास पनि गर्न सक्नुहुन्न कि उनी कति अल्छी छन् भनेर ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK