प्रबासमा कडा परश्रिम संगै कलाकारिता

ENGLISH

ENTERTAINMENT

प्रबासमा कडा परश्रिम संगै कलाकारिता

22 June, 2016 | Krishna Adhikari | 1700 Views | comments

quatarभुपराज बस्याल,रोजगारीको सिलसिलाम युएई छिरेका स्याङ्गजा जिल्ला स्वरेक गाबिस १ का गोपीकृष्ण पंगेनि प्रबासमा कडा परश्रिम संगै गायन क्षेत्र लाई निरन्तरता दिएका छन्। स्कुले जिबन देखिनेनै शब्दमा आवाज भर्दै आएका सुमधुर स्वरका धनि गायक पंगेनी जीवन संघर्षका निमित्त आफ्नो सपनाको उडान भर्दै बैदेशिक रोजगारको सिलसिलामा दुबई मा छन्। युएईको भिभिन्न स्टेज हरुमा आफ्नो कला प्रस्तुत गरी प्रबासी नेपालीहरु माझा आफ्नो छाप छोड्दै धेरै गीतहरु सार्वजनिक गरिसकेका पंगेनी फरक फरक स्वादका गित संगीत पारखी हरुलाई मन्त्रमुक्त पार्न सफल गायकका रुपमा आफ्नो स्थापित सफल भएका छन्।

सम्पुर्ण प्रदेशी नेपाली दाजुभाइ तथा दिदीबहिनीको हरुको पिडा लाई उजागर गर्दै “म त परदेशी” नामक लोकगीत को आपार सफलता पछि ,“परदेशीको सम्झना” नामक सालैजो मा श्रोता बाट पाएको मायाले उनलाई प्रवासको धकान मा केहि हल्का महसुस गराउदै थप अगाडी बढ्ने प्रेणा मिल्यो। यसै फल स्वरुप पछिल्लो समय भर्खर मात्र बजार मा रोइला गीत “मायाले मन बराल्छ” गीति एल्बम बजार ल्याएका छन्।

दिन भरिको साहुको कचकच कामको थकानलाइ बिर्सिएर भए पनि आफ्नो कला संस्कृतिको जगेर्ना गर्नका निमित्त प्रवासमा संघर्षीत पंगेनी नेपाली गित संगीत कला संस्कृतिको सम्मानका खातिर देशको मायालाइ सम्झदै संगीत क्षेत्रलाई निरन्तरता दिदै आएको उनि बताउछन। युएईमा हुने कार्यक्रममा फरकफरक प्रस्तुति दिन सफल पंगेनीले रमाईलो सैलिमा माया प्रेम लाई व्यख्या गर्दै गीति एल्बम सार्बजनिक गरेका हुन्।

साथी भाई लाई खर्च गर्न दुइ पैसानि डर
तिम्रो लागी पर्‍यो भने बेची दिन्छु घर
लैनो गाइ लाई घाँस
थारो गाईलाई पराल छ
मायाले मन बाराल्छ,

साथी भाईहरुको लागि दुई चार पैसा खर्च गर्न डराउने र माया जालमा फसेर पछि घरै बेच्छु भन्ने भाबको गित पंगेनीले दुबईमै रेकर्ड गरेका हुन्। चर्चित सर्जक एकनारायण भण्डारी को लय तथा शब्द संयोजनमा तयार भएको उक्त गीत मा चर्चित लोक दोहोरी गायीका देवी घर्ती ले गायक पंगेनी लाई आवाजमा साथ दिएकी छन भने उक्त गितलाई सितारा म्युजिक प्रालिले बजारमा ल्याएको छ।

जीवन संघर्षमा आफुलाई थकान महसुस नगर्ने पंगेनी सुरुका दिनमा आफ्नो पढाई सङै बुबाको ब्यावसायिलाई सघाउदै आएका थिए। पंगेनी भन्छन आफ्नो जिबनको सुरुवात देखिनै होटेल ब्यावसायी गर्नु भयो बाबाले ! आफ्नै ब्यावसाय गर्न खुब मन छ मलाइ पनि ! बाबा संग संगै हुदा मलाई सानो साउ भन्थे सबैले आज त्यो दिन सम्झिदा खुब आनन्द आउँछ !ढिलो चाडो ब्यावसाय गर्नेछु !तर यसो भन्दा आफ्नो परदेशको बसाई र नोकरी प्रति खुसी नभएको भने पटक्कै हैन ! जिबन के हो त भन्ने हाम्रो प्रश्नलाई जस्ले जे भोग्यो उस्को लागि त्यही हो जीवन जन्मिदा स्वास हुन्छ नाम हुन्न मृत्यु हुदा स्वास हुन्न नाम हुन्छ त्यही बिचको संघर्ष हो जीवन ! भनेर अर्थ्याय

युएईमा कार्यरत लोक गायक गोपिकृष्ण पंगेनी समाजसेवामा पनि उत्तिकै रुचि राख्छन। स्याङ्गजा सहयोग समाज युएईको सस्थापक सास्कृतिक बिभाग प्रमुख !अन्तर्राष्ट्रिय कलाकार समाज INAS युएईका महासचिव एबंम् हाल एन आर एन युएइको सास्कृतिक बिभाग प्रमुख पंगेनी नेपाल र नेपालीको सेवामा आफुलाई समर्पण गर्ने बताउछन। २००३ बाट बैदेशिक यात्रा तय गरेका पंगेनीले प्रबास रहेर पनि सांगीतिक क्षेत्रको संरंक्षाण लागेको यो कदम र देश प्रति देखाएको माया प्रसंसनिय छ .

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK