प्रधानमन्त्री देउवा अर्को अक्षमताको निकट !

ENGLISH

प्रधानमन्त्री देउवा अर्को अक्षमताको निकट !

– यादब देवकोटा –

15 June, 2017 | Sandeep Bhattarai | 3070 Views | comments

– यादब देवकोटा –२०५९ साल असोज १८ गते त्यसको ४० दिनपछि हुनुपर्ने संसदको निर्वाचन माओवादीका कारण गर्न नसकिने भन्दै सार्न राजदरबारमा सिफारिश लिएर गएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले ‘अक्षम प्रधानमन्त्री’ भन्दै पदबाट बर्खास्त गरेर प्रधानमन्त्रीका लागि दरखास्त आव्हान गरे । त्यतिबेला प्रधानमन्त्री पद कुनै पुलको बोलकबोल जस्तो भएको थियो ।

सो दिन शाही घोषणा गर्दै राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई अक्षमताको पगरी भिराएर दिएको वक्तव्यको एउटा अंश यस्तो थियो–

“राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी हामीमा भएकाले हामीबाट प्रयोग भइआएको राजकीयसत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधानको मर्म र भावनाअनुरूप संविधानको धारा २७ को उपधारा ३ लाई समेत विचार गरी संविधान बमोजिम निर्वाचन समयमै सम्पन्न गर्न असक्षम प्रधानमन्त्री शेरबहादुर देउवालाई पदमुक्त गरी मन्त्रिपरिषद् विघटन गर्न र आगामी कात्तिक २७ गते प्रतिनिधिसभाका लागि हुने निर्वाचनसमेत स्थगित गर्नुपर्ने स्थिति आइपरेको छ । तसर्थ नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२७ बमोजिम देहायका आदेश जारी गरिबक्सेका छौं ।”

“निर्धारित समयमा निर्वाचन गराउन असक्षम प्रधानमन्त्री शेरबहादुर देउवालाई आज २०५९ साल असोज १८ गतेदेखि पदमुक्त गरिबक्सी मन्त्रिपरिषद् विघटन गरिबक्सेका छौं । प्रतिनिधिसभाका लागि कात्तिक २७ गते हुने निर्वाचन स्थगित गरिबक्सेका छौं । अर्को व्यवस्था गर्न केही समय लाग्ने हुँदा सो व्यवस्था नभएसम्म नेपाल अधिराज्यको कार्यकारी अधिकार हामीमा निहित राखी मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं । नयाँ मन्त्रिपरिषद् गठन गर्न पाँच दिनभित्र स्वच्छ छवि भएका तथा आमनिर्वाचनमा उम्मेद्वार नहुने व्यक्तिको नाम सुझाव गरी पठाई राजनैतिक दलहरूबाट सहयोग हुनेछ भन्ने विश्वास हामीबाट लिइबक्सेका छौं ।”

त्यसपछि देउवाको थाप्लोमा अक्षमताको पगरी बस्यो । त्यसको केही समयपछि कहिले को त कहिले को गर्दै पुनः देउवालाई राजाले प्रधानमन्त्रीमा नियुक्त गरे । अनि देउवा “शाहवंशीय राजाबाट अन्याय हुँदैन” भन्दै खुसी भएर प्रधानमन्त्री खान गए । त्यसपछि राजाले सत्ता आफ्नो हातमा लिए र देउवालाई बर्खास्त गरेका राजाले लोकेन्द्रबहादुर, सूर्यबहादुर हुँदै पुनः देउवालाई प्रधानमन्त्री बनाएर उनकै पालामा राज्य सत्ता आफ्नो हातमा लिए– मन्त्रिपरिषद्को अध्यक्ष बनेर २०६१ साल माघ १९ गते मंगलबार ।

देउवा र ज्ञानेन्द्र

त्यसयताको राजनीतिक घटनाक्रम सबैलाई थाहै छ । माघ १९ काण्डले मुलुकलाई गणतन्त्रमा ल्यायो र संविधानसभाले संविधान जारी गरेर यसको कार्यान्वयनको अन्तिम चरणमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तिथि आउन दुई हप्ता बाँकी रहँदा प्रदेश नं. २ को निर्वाचन सार्ने घोषणा गरेर अर्को अक्षमताको पगरी गुथे ।

हुन त मधेशवादी दल राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन भन्दै चुनाव सारिए पनि उनीहरुले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएका पनि छैनन् र आन्दोलन स्थगित गर्ने घोषणा पनि गरेका छैनन् । तसर्थ यो चुनाव कससका लागि सारिएको हो भन्ने पत्तो छैन । कसको इशारामा दुई प्रदेशको निर्वाचन सारियो ? अहिले चारैतिर यही प्रश्नले घर गरेको छ । मधेशको प्रतिनिधित्वको कुरा गर्ने हो भने राजपामा संलग्न कुनै पनि नेता अहिले जनप्रतिनिधिका रुपमा छैनन् । ती सब निर्वाचन हारेका हुन् । उनीहरुलाई रिझाउन पटकपटक निर्वाचन सार्नुको पछाडि कुन शक्तिको हात छ ? अहिले यो पनि ज्वलन्त प्रश्न बनेको छ ।

निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेपछि दुई हप्ता मात्र बाँकी रहँदा दुई नम्बर प्रदशको निर्वाचन सार्नुको कारण राजपाका नेताहरुलाई सो क्षेत्र सुरक्षित छाड्न हो वा अरु कुनै ग्राण्ड डिजाइनको उपज हो विस्तारै खुल्नेछ । तर गलत मुद्दा बोकेर हिंडेदाहिंड्दा, थकित, गलित र जनाधार गुमाएकाहरुलाई अति महत्व दिएर विदेशी शक्तिको उक्साहटमा मुलुक वर्वाद गर्ने निर्णय गर्नु लोकतन्त्रका लागि लामो संघर्ष गरेको पार्टीका सभपातिका लागि सुहाउँदो कुरा हैन ।

आशंका जे थियो, प्रधानमन्त्री देउवाले त्यही गरे । पूर्व प्रधानमन्त्री प्रचण्डले विपक्षीले समेत दोस्रो चरणको निर्वाचन सकेर मात्र राजीनामा दिनु भन्दा नैतिकताको उच्च अभ्यास भन्दै राजीनामा दिनुको कारण अहिले खुलस्त भएको छ । मधेशवादीहरुलाई रिझाउन नसक्दा नै निर्वाचन दुई चरणमा गरिएको थियो । प्रचण्ड त्यो अपगालबाट बचेका छन् । देउवा भने निर्वाचन गराउन नसक्ने प्रधानमन्त्रीका रुपमा कीर्तिमान नै कायम गर्ने भएका छन् ।

स्थानीय तह लोकतन्त्रको मेरुदण्ड हो, आर्थिक विकासको आधार हो । मुलुकमा दुई तिहाईभन्दा बढी क्षेत्रले विकासको गति लिंदै गर्दा प्रदेश नं. दुईका जनता रमिते बनेर हेरिरहनुपर्ने भएको छ । अहिलेकै अवस्थालाई विश्लेषण गर्ने हो भने त्यो क्षेत्रमा अब कहिल्यै निर्वाचन हुँदैन । राजपाका सबै माग पूरा तत्काल पूरा हुने कुनै सम्भावना छैन । उनीहरुले राखेका मागले मधेशी जनताकै चित्त बुझाएको छैन । मधेशी जनता निर्वाचन चाहिरहेका छन् भन्ने स्पष्ट भैसक्दा किन आधा दर्जन नेतालाई खुसी तुल्याउने यस्तो रमिता सत्तापक्षले देखायो ? अचम्म छ ।

मुलुकको नेतृत्व गर्नेले एउटा सानो झुण्डको आवाज सुन्ने कि आम जनताको ? विदेशीको उपदेश र निर्देशन मान्ने कि स्वदेशको आवश्यकता र जनताको चाहनालाई मान्ने ? यसको निक्र्योल गर्न नसक्ने सदैव असक्षम नै हुन्छन् । यस्तै असक्षमहरुको भीडको हातमा मुलुकको वाग्डोर पुगेकाले अहिलेको स्थिति उत्पन्न भएको हो ।

बैठक

मेचीदेखि महाकालीसम्मका जनता आफ्नो गाउँठाउँमा आफ्ना जनप्रतिनिधि चयन गर्न निकै लालायित थिए र उनीहरु मधेशवादी दलका मुद्दासंग हैन विकास र समृद्धिका मुद्दासंग जोडिएका थिए । प्रदेश दुईमै कथित मधेशीका मसिहा भन्नेहरु लखेटिएका दृष्टान्त छ । सीमापारिबाट भाडाका टट्टु ल्याएर आन्दोलन गर्ने उनीहरुको जनाधार लगभग समाप्त भएकाले त्यसैको जोहोका लागि निर्वाचनको मिति सारिएको हो भने यो सरकारको नालायकी मात्र हैन, मुलुक विखण्डनको विजारोपण हो ।

राजपाको आन्दोलनलाई विखण्डनकारीहरुको साथ–समर्थन रहनु अनि सरकारले उनीहरुकै माग पूरा गर्न भन्दै निर्वाचन नै स्थगित गर्नु मुलुकमाथि ठूलो घात हो । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तापक्षको अक्षमता हो । यो अक्षमताको कलंक बोकेर उनीहरुले जनतासामु कसरी शिर ठाडो पार्न सक्लान् ?

प्रधानमन्त्री देउवाले आफूमाथि लागेको अक्षमताको आरोप पखाल्ने स्वर्णिमा मौका मात्र गुमाएनन् अर्को अक्षमताको कलंक समेत बोक्नु आफैंमा घोर विडम्बनाको विषय हो । देउवा गणतन्त्रपछिको यस्तो समयमा प्रधानमन्त्री बने जतिबेला मुलुकले दुई दशकपछि स्थानीय तहको निर्वाचनको अर्को चरण सफलतापूर्वक सम्पन्न गरी १५ वर्षअघिको निर्वाचन नगर्न नसकेको अक्षम प्रधानमन्त्रीको पगरी फुकाल्ने मौका थियो । तर, देउवा कसको घेराबन्दीमा परेर अर्को अक्षमता प्रदर्शन गरे ? कांग्रेसले खोज्नुपर्ने विषय छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK