प्रधानमन्त्री दाहाल र प्रमुख आयुक्त यादवबीच छलफल

ENGLISH

POLITICS

प्रधानमन्त्री दाहाल र प्रमुख आयुक्त यादवबीच छलफल

24 January, 2017 | Krishna Adhikari | 980 Views | comments

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा निर्वाचनका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीति र आवश्यक कानुन तथा प्राविधिक तयारीका बारेमा कुराकानी गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्मा विचाराधीन विधेयकलाई पारित गराउने विषयमा आफूले विशेष पहल गरिरहेको जानकारी गराउँदै आयोगलाई आफ्नोतर्फबाट निर्वाचनको तयारी गर्न प्रमुख आयुक्त यादवलाई अनुरोध गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

स्थानीय तहको निर्वाचनका बारेमा प्रमुख तीन दलबीच सहमति भइसकेको, मधेस केन्द्रित दलसँग सहमति जुटाएर एकाध दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने जानकारी गराउँदै प्रधानमन्त्रीले दाहालले कुनै पनि द्विविधा नराखी निर्वाचनको तयारी गर्न प्रमुख निर्वाचन आयुक्त यादवलाई आग्रह गरेका हुन् ।

स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवेदन बुझाइसकेको र सरकार निर्वाचनका लागि आतुर रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनको पहिलो सर्त नै निर्वाचन भएको बताएका प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि १०० दिन आवश्यक रहेकाले सरकारले तत्काल निर्वाचन कानुन बनाउन आग्रह गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK