प्रधानमन्त्रीले आज राजीनामा दिने

ENGLISH

POLITICS

प्रधानमन्त्रीले आज राजीनामा दिने

संसदमा विशेष सम्बोधन गर्दै

23 May, 2017 | Sandeep Bhattarai | 810 Views | comments

प्रधानमन्त्रीले आज राजीनामा दिने

कांग्रेससँगको भद्र सहमतिलाई कार्यन्यवन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राजीनामा दिने भएका छन् उनले दिउँसो १ बजे बस्ने संसद बैठकलाई विशेष सम्बोधन गर्दै राजीनामा दिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रचण्डले सत्तासाझेदार दल कांग्रेससँगको पूर्वसहमतिअनुसार मंगलबार नै राजीनामा दिन लागेका हुन्। यसअघि सोमबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्रीले आफ्नो राजीनामाको विषयमा नेताहरूलाई जानकारी गराएका थिए।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पनि प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरिसकेको छ। ‘कांग्रेससँगको सहमतिका आधारमा प्रधानमन्त्रीले मंगलबार संसद्को बैठकलाई विशेष सम्बोधन गर्दै राजीनामा दिन लागेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। ‘सहमति पालना गर्दै प्रधानमन्त्रीले राजीनामा दिँदै हुनुुहुन्छ’, उनले भनिन्। प्रचण्ड गतवर्ष साउन १९ मा कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री बनेका थिए।

त्यसबेला स्थानीय निर्वाचन माओवादीको नेतृत्वमा र प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस नेतृत्वले गराउने गरी आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो। सहमति अनुसार प्रचण्डले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेका हुन् । अब कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रधानमन्त्रीको राजीनामा कहिले ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK