प्रधानमन्त्रीलाई यूएईमा मृत्युदण्डको सजाय सुनाईएका बमको रिहाईका लागि ज्ञापनपत्र

ENGLISH

NRN GLOBAL

प्रधानमन्त्रीलाई यूएईमा मृत्युदण्डको सजाय सुनाईएका बमको रिहाईका लागि ज्ञापनपत्र

मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी) यूएई –

16 January, 2017 | Sandeep Bhattarai | 1375 Views | comments

अम्मर बहादुर बमयूएईमा मृत्युदण्डको सजाय सुनाईएर १४ बर्ष देखि कारगारको जिबन बिताई रहेका दार्चुल्ला जिल्ला धारी गाबिसका निर्दोष अम्मर बहादुर बमलाई रिहाई गराउनुका लागि आग्रह गर्दै सुदूर पश्चिम सेवा समाज यूएईले चार दिने भ्रमणका लागि यूएई आउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्व उर्जा भविष्यबारेको सम्मेलनमा सहभागी हुन अबुधाबी आउनु भएको मौका छोपी सुदूर पश्चिम सेवा समाज यूएईका अध्यक्ष चेतबहादुर थापा ‘चेतन’को नेतृत्वमा ज्ञापन पत्र बुझाईएको हो ।

विदेशमा गएर पैसा कमाई घरपरिवारलाई सुख सँग पाल्ने सपना बुन्दै सन् २००३ मा सवारी साधन चालकको काममा युएई आएका दार्चुल्ला जिल्ला धारी गाबिसका निर्दोष अम्मर बहादुर बमलाई दुबईको इन्डियन क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्याको आरोपमा मृत्युदण्डको सजाय सुनाईएको छ ।

भारतकै मनोज मुदाना र करन सिंह राजपुतले गोली हानी सेठ्ठीको हत्या गरेको र उनीहरूको गाडी चलाउँदै आएका बम पनि हत्याको आरोपमा पक्राउ पर्नु भएको थियो । अम्मर बहादुर बमलाई गाडीमै कुर्न लगाएर क्लबभित्र छिरेका मनोज र करनले हत्या गरेको र हत्यारालाई बचाउन सहयोग गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाईएको थियो ।

यो भन्दा पहिले विभिन्न नेपाली संघ संस्थाहरुले अम्मर बहादुर बमलाई रिहाई गर्न अनुरोध गरेता पनि सरकारबाट कुनै ठोस् पहल नभएका कारण अझै सम्म रिहाई हुन सकेको छैन । बमको रिहाईका लागि गत बर्ष पनि सुदूर पश्चिम सेवा समाज यूएईका महासचिव मान बहादुर के.सी. ‘मुस्कान’ले काठमाडौं गएर राष्ट्रपति, प्रधानमन्त्रीको सचिवालय मार्फत र तत्कालिन उपप्रधान तथा रक्षामन्त्री भिम बहादुर रावललाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार युएईका युवराज शेख मोहम्मद बिन जायद बिन सुल्तान अल नह्यानसँग हुने भेटघाटमा बमको रिहाईका विषयमा कुरा गर्ने सकारात्मक आश्वाशन दिनु भएको थापाले बताउनु भयो ।

यूएईमा रहेका निर्दोश अम्मर बहादुर बमलाई रिहाई गराउन ज्ञापन पत्र

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK