प्रधानमन्त्रीका कारण चुनावको मिति घोषणा हुन सकेन : नेता पौडेल

ENGLISH

NRN GLOBAL

प्रधानमन्त्रीका कारण चुनावको मिति घोषणा हुन सकेन : नेता पौडेल

धर्मराज अधिकारी, लण्डन

15 February, 2017 | Sandeep Bhattarai | 2240 Views | comments

रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का कारण नेपालको राजनीति अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

मधेशवादीले संविधान संशोधन  भन्नु, एमाले कुनै हालतमा संशोधन नगर्ने पक्षमा रहनु र मधेश नमानेसम्म चुनावको मिति घोषणा गर्दिन भन्ने प्रधानमन्त्रीको हठका कारण देश अर्निणयको बन्दि बनेको पौडेलले बताए । स्थानीय, क्षेत्रीय तथा संसदीय निर्वाचन सम्पन्न गरि ताजा जनादेश मार्फत देशलाई अग्रगामी निकास दिनुपर्ने उनले जिकिर गरे । मधेशबादी दल, एमाले र प्रधानमन्त्री प्रचण्ड आ आफ्नो अडानमा रहेकोले चुनाव घोषणामा ढिलाई भइरहेको पौडेलले उल्लेख गरे ।

हिमाल, पहाड, तराई र मधेशको एकता नै सिंगो नेपालको राष्ट्रबाद भएको बताउंदै नेता पौडेलले यहि राष्ट्रिय एकता र राष्ट्रवाद बचाउन नेपाली कांग्रेस लागि परेको जिकिर गरे ।

नेपाली कांग्रेसका पूर्व सभापति स्व. सुशील कोइरालाको बाषिर्क तिथिको अवसरमा नेपाली जनसम्पर्क समिति -एनपीसीसी) बेलायतले लण्डनस्थित रिगल स्पाईस रेष्टुरेण्टमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा नेता पौडेेलले नेपालको भौगोलिक विविधता नै राष्ट्रिय एकता भएको दोहोर्‍याएका थिए । एक पटकको नेपाली सधैंको नेपाली भएको उल्लेख गर्दै नेता पौडेलले प्रवासमा रहेका नेपालीहरुको मन नेपालमानै भएको चर्चा गरे । यद्यपी, गैर आवासीय नेपालीहरुलाई के कस्तो राजनीतिक अधिकार दिइने भन्ने सवालमा केहि कानुनी कुराहरु मिलाउनु पर्नेमा जोड दिए । उनले प्रवासमा आर्जन गरेको ज्ञान, सिप, योग्यता र क्षमता नेपालको कृषि, हाइड्रो र पर्यटनमा लागउन पनि गैर आवासीय नेपालीहरुलाई आग्रह गरे । नेपाली जनसम्पर्क समिति युकेमा बढि राजनीति भएर नै विद्यमान विवाद उब्जिएको बताउंदै उनले सबै मिलेर विवाद समाधान गर्न आग्रह गरे ।

जनसम्पर्क समिति बेलायतका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा बोल्दै गैर आवासीय नेपाली संघ युरोप क्ष्ाेत्रीय संयोजक कुल आचार्यले नेपाली नागरिकताको निरन्तरताले नेपालमा लगानीको बातावरण अझै बढ्ने भएकोले त्यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल भुतपूर्व सैनिक संघ युकेका अध्यक्ष केश बहादुर गुरुङले भुपु गोर्खाहरुको माग सम्बोधन गर्न नेपाली कांग्रेसले वार्ता र कुटनीतिक पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा बेलायत कांग्रेसका एक अगुवा एवं एनपीसीसी युकेका सल्लाहकार विश्व आदर्श पण्डितले संगठनका लागि निरन्तरता आवश्यक रहेको बताउंदै पदका लागि मात्र संगठनलाई बदनाम बनाउन तर्फ लागिपरेकोले जनसम्पर्क समिति बेलायत मजबुद हुन नसकेको बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष पुरुषोत्तम पौडेल, पुर्व अध्यक्ष विनोद मोक्तान, एनआरएन युकेका पुर्व अध्यक्ष एवं संस्थाका सल्लाहकार योगेन क्षेत्री, सल्लाहकारहरु शिवजी श्रेष्ठ, शेर बहादुर सुनुवार, समाजसेवी कपिल रिजाल, उपसभापति विजन भट्ट लगायतले आ आफ्ना धारणाहरु राखेका थिए । एनपीसीसी युकेका महामन्त्री राज कुमार त्रिपाठीद्धारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष युवराज गुरुङले धन्यवाद ज्ञापन गरे ।

अन्र्तक्रिया पछि भएको प्रश्नोत्तर कार्यक्रममा गोर्खा सत्याग्रह समितिका सुर्य नेम्वाङ, नेविसंघ बेलायतका प्रतिनिधि कुश बस्नेत, कांग्रेस शुभचिन्तक प्रताप रायमझी लगायतले मन्तव्य राखेका थिए ।

संवाद र सहकार्यको विकल्प नखोजौंँ, बोलीअनुसार व्यवहार गरौँ – नेता पौडेल

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK