प्रधानन्यायाधीशलाई बारको बाह्रबुँदे ध्यानाकर्षण

ENGLISH

प्रधानन्यायाधीशलाई बारको बाह्रबुँदे ध्यानाकर्षण

25 January, 2017 | Krishna Adhikari | 745 Views | comments

nplन्यायपालिकाभित्र देखिएका विकृति विसंगति र कानुन व्यावसायीका समस्याहरुको समाधान गर्नुपर्नेलगायत १२ बुँदे स्मरण पत्र प्रधान न्यायाधीश समक्ष बुझाएको छ ।

मंगलबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएनले संयुक्तरुपमा प्रधान न्यायाधीश सुशीला कार्कीको सचिवालयमा बुझाएको सो स्मरणपत्रमा अदालत र बार एकअर्काका परिपुरक भएकाले दुवैतर्फबाट भएका कमीकमजोरीलाई सुधार गर्न संयुक्तरुपमा तीनदिनभित्र बैठक बसेर समस्याको समाधान खोज्न जरुरी देखिएको उल्लेख छ ।

स्मरणपत्रमा उच्च अदालतमा न्यायाधीश नियुक्तिको सिफारिस गर्दाको अवस्थामा न्यायाधीश छनोटको मापदण्ड पारदर्शी नरहेको, समानुपातिक समावेशी नभएको, कानुन व्यवसायीलाई न्युनतम् ५० प्रतिशत नियुक्तिमा सिफारिस गर्नुपर्ने मागप्रति वेवास्ता गरिएको उल्लेख छ ।

बार र अदालतबीच विभिन्न समयमा लिखित तथा मौखिक रुपमा उठाएका समस्याहरुप्रति सर्वोच्च अदालत उदासीन रहेको, लामो समयदेखि संवैधानिक इजलासको गठन नभएको र संवैधानिक इजलासबाट हुनुपर्ने आदेश फैसला संयुक्त इजलासबाट हुँदै आएकाले तत्काल संवैधानिक इजलास गठन गर्नसमेत स्मरणपत्रमा ध्यानाकर्षण गराइएको छ ।

यसैगरी, नेपाल बार एसोसिएन र सर्वोच्च बार एसोसिएनले आजै संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिले स्वतन्त्र, सक्षम, उत्तरदायी न्यायपालिकाको अस्तित्वमाथि नै प्रश्नचिह्न उठी न्यायापालिकाको गरिमा र आस्थाप्रति आँच पुग्ने काम भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK