प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम अनुमोदन

ENGLISH

POLITICS

प्रधानन्यायाधीशमा सुशीला कार्कीको नाम अनुमोदन

10 July, 2016 | Sandeep Bhattarai | 1970 Views | comments

सुशीला कार्कीको नाम संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ ।

sushila

कार्कीलाई प्रधानन्यायाधीशमा संसदीय सुनुवाई विशेष समितिको केहीबेर अघि बसेको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो । यससँगै उनी नेपालको पहिलो प्रधानन्यायाधीश महिला भएकी हुन् ।आफू विरुद्ध परेको उजूरीको बिषयमा कार्कीले आजै संसदीय सुनुवाई विशेष समितिको बैठकमा उपस्थित भएर जवाफ दिएकी थिइन् ।

उनीविरुद्ध उजूरी गर्नेहरुसँग कार्कीको जवाफ सुन्नुअगाडि समितिले गोप्य बैठक गरेको थियो । आफूविरुद्ध परेको उजूरीको जवाफ दिंदै कार्कीले आफू महिला भएकाले मात्रै प्रधानन्यायाधीश हुन नलागेको दाबी गरिन ।कार्कीले अस्थायी र स्थायी न्यायाधीश भएको अवधी ७ वर्ष ७ महिनामा ८ हजार ७ सय ६५ मुद्दा छिनेको बताउँदै बैशाख २ गते कायम मुकायम प्रधानन्यायाधीश भएपछि मात्रै ९ सय ३५ मुद्दा छिनेको जानकारी गराइन् ।

अदालतमा मुद्दाको चाप अत्याधिक रहेको भन्दै ११ जना न्यायाधीशको सुनुवाई प्रक्रिया छिटो सुरु गर्न पनि कार्कीले आग्रह गरिन् । समितिले प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस अन्य ११ जनाको पनि सुनुवाई प्रक्रिया अघि बढाएको छ ।बैठकमा बोल्दै कार्कीले सिफारिसमा परेका ११ जना नै योग्य रहेको र प्रस्ताव सूची समावेशी रहेको बताइन् । ‘सिफारिसमा पर्नुभएका सबैजना योग्य हुनुहुन्छ’, कार्कीले भनिन्,‘त्यसमा कसैले प्रश्न नउठाए हुन्छ ।’

उनले विभिन्न दलमा आस्था राख्ने व्यक्ति सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको आरोपप्रति लक्षित गर्दै भनिन्, ‘समानुपातिकमा कोही कुनै दलबाट पर्यो भन्ने कुराको कुनै अर्थ छैन । म पनि मोरङ नेविसंघको अध्यक्ष थिएँ । यसै कारण मलाई कुनै दल विशेषको आरोप लगाउन मिल्दैन ।’उनले न्यायाधीशमा सिफारिस गरिएकी अधिवक्ता सपना मल्लको नामै लिएर उनी न्यायाधीश बन्न योग्य रहेको तर्क गरिन । ‘बारमा साधारण अभ्यास गरेकालाई ल्याएर न्यायाधीश बनाउन सकिंदैन’, कार्कीले भनिन्, ‘उहाँ (सपना मल्ल) वरिष्ठ अधिवक्ता हुनुहुन्छ । उहाँलाई ल्याउने मेरो एजेण्डा हो । म एक वर्षपछि बिदा हुँदैछु । मपछि महिलाको समवेदना कसले बुझ्छ ?’

डीएनए टेष्टलाई नाता प्रमाणितको आधार नमानेको भन्दै उनीविरुद्ध परेको उजूरीको बिषयमा जवाफ दिंदै कार्कीले डीएनए टेष्टलाई प्रमाणको रुपमा अस्वीकार नगरेको दाबी गरिन् । ‘नाता प्रमाणित हुने अन्य यथेष्ट प्रमाण भएमा डीएनए आवश्यक नरहेको उल्लेख गरेको हुँ’, कार्कीले भनिन् ।

यो पनि हेर्नुस –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK