प्रदेश ३ को सभामुखमा श्रेष्ठ निर्विरोध

ENGLISH

POLITICS

प्रदेश ३ को सभामुखमा श्रेष्ठ निर्विरोध

10 February, 2018 | Kunjar Bhattarai | 880 Views | comments

प्रदेश नम्बर ३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्। शनिबार भएको निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। दिउँसो १ बजेसम्म मनोनयनका लागि दिइएको समयभित्र श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो।

एमालेकै माधवकुमार नेपाल गुटले उम्मेदवारी दिने तयारी गरेको थियो तर, अन्तिम समयमा केपी ओलीलेनै नेपाललाई फोनगरेर सबैतीर कार्यकर्ता नजुद्धाउन आग्रह गर्दे मिलेर र छलफल गरेर आफु अघि बढ्न तयार रहेको र यो सानो विषयमा बखेडा नझिक्न आग्रह गरेपछि नेपालकै आग्रहमा राजेन्द्रमान श्रेष्ठले अन्तिम समयमा मनोनयन दर्ता नगरेको स्रोतले जनाएको छ।

प्रदेश ३ मा एमालेलाई बहुमत प्राप्त छ। १ सय १० जनाको प्रदेशसभामा एमालेबाट ५८ सांसद छन्। श्रेष्ठ एमालेभित्र पार्टी अध्यक्ष केपी ओली पक्षका हुन्। सो प्रदेशमा एमालेले माओवादीसँग मिलेर प्रादेशिक सरकार चलाउनेछ।

शुक्रबारमात्र एमालेबाट प्रदेश ३ को संसदीय दलको नेतामा डोरमाणि पौडेल निर्वाचित भएका थिए। उनी मुख्यमन्त्री बन्ने निश्चित छ। आजै अपराह्न निर्वाचित सभामुख श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ ग्रहण गराउने कार्यक्रम छ। नवनिर्वाचित सभामुख श्रेष्ठले आजै साँझ पदभार ग्रहण गर्नेछन ।

युएईमा प्रदेश ३ एकता समाज युएई नामक संस्थाको स्थापना

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK