प्रदीप कफिनमा घर फर्किएपछि …

ENGLISH

NRN GLOBAL

प्रदीप कफिनमा घर फर्किएपछि …

11 June, 2016 | Sandeep Bhattarai | 745 Views | comments

Pradeep_Rai_Die_At_Malaysia_543104757पैसा कमाएर परिवारमा खुशी थप्न बैदेशिक रोजगारीमा गएका इलामको दानाबारी–३ गगटेका २६ वर्षीय प्रदीपकुमार राई ‘रुपेश’ को शव घरमा आइपुगेको छ ।

सम्पती कमाउने सपना बोकेर मलेसिया पुगेका प्रदीप कफिनमा पोको परेर घरमा आइपुगेपछि गाउँमा रुवाबासी भएको छ ।गाउँमा रहँदा समाज सेवामा सकृय राई १३ महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनको गत जेठ २० गते मलेसियामा निधन भएको स्थानीयबासी विमल दहालले जानकारी दिए ।

मलेसियाको चिली चिन्ताङ इपोपेरा इम कम्याक्ट कम्पनीमा काम गदै गरेका रुपेशको रक्तचाप कम भएपछि उपचारमा ढिलाई हुँदा ज्यान गएको मलेसियामै रहेका दानाबारी–३ शुक्रबारे बजारका सूर्य पाख्रिनले जानकारी दिए ।

राई २०७२ वैशाख २ गते बिर्तामोडको अञ्जली ओभरसिजमार्फत मलेसिया गएका थिए । उनले ‘जिन्दगी’ एल्बममा ‘यो चुली है भीरको…..’ गीतको म्युजिक भिडियोमा पनि अभिनय सकेका थिए ।

उनको शव दानाबारीमा ल्याई घरकै आँगनमा बुधबार कविर पन्थ साधु धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको काका सुकमानले बताए ।राईका बुवा मोहनदाश राई, आमा नन्दकुमारी राई, बाजे लक्ष्मीदाश राई, श्रीमती सुनिता राई तथा दुई छोरीहरु कृषा र श्रेया रहेको परिवारले जनाएको छ ।

अन्नपुर्ण पोष्टबाट

यो पनि हेर्नुस – ओमान नेपाली एकता समाजद्धारा लक्ष्मीको उद्धार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK