प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न

ENGLISH

NRN GLOBAL

प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न

जीवन खत्री, सौल

11 May, 2017 | Bipin Acharya | 1095 Views | comments

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले राजधानी सौलमा मे ६ देखि गरेको दुईदिने कार्यक्रममा विभिन्न सत्र सञ्चालन गर्दै प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सम्पन्न भएको छ ।

पहिलो दिनको पहिलो सत्रमै चार वटा कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि विमर्श गरियो । नेपालबाट उपस्थित भएका प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलको ‘मानक नेपाली भाषा, आवश्यकता र चुनौती एवं हालसम्मका प्रगति’, हङकङबाट सहभागी देश सुब्बाको ‘नेपाली साहित्यमा भयवाद’, सिक्किमबाट आएकी डा. पुष्पा शर्माको ‘भारतमा नेपाली साहित्यको चर्चा’ र अष्ट्रेलियाबाट आएका भीमसेन सापकोटाको ‘सकारात्मक सोच र नेपाली साहित्यमा यसको आवश्यकता’ शीर्षकका कार्यपत्र प्रस्तुत गरिएको थियो ।

डा. लुइँटेलले कार्यपत्रमा नेपाली भाषाको महत्वलाई स्पष्ट पार्दै यसको मानक स्वरुपको संरक्षणमा जोड दिएका थिए । कार्यपत्रहरूमाथि कवि जीवन खत्री र प्रमोद सारङ्गले छलफल चलाएका थिए ।

दोस्रो सत्रमा एसिया स्तरमा नेपाली साहित्यको गतिविधि तीव्र पार्ने उद्देश्यले ६ सदस्यीय अनेसास एसिया कमिटिको गठन गरियो । कमिटिमा प्रकाश माइलाको अध्यक्षतामा डा. पुष्पा शर्मा, कृष गुल्मेली बाबु, देश सुब्बा र भीमसेन सापकोटा रहेका छन् ।

दोस्रो तथा अन्तिम दिन जापान, नेपाल, हङकङ, भारत, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरूबाट प्रतिनिधित्व गरेका तथा कोरियामा रहेका साहित्यकर्मीहरूको बीचमा कार्यक्रमको उद्घाटन समारोह भयो ।

पदम विश्वकर्माको सभापतित्व तथा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलको प्रमुख आतिथ्य रहेको सो समारोहमा नेपाली दूतावासका कार्यवाहक राजदूत किरण शाक्य, अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा लगायत अतिथि थिए । दोस्रो सत्रमा उपस्थित स्रष्टाहरूले करिब तीन घण्टा कविता, गीत, गजल, मुक्तक लगायत सिर्जना सुनाए ।

कोरियाका लागि नेपालका कार्यवाहक राजदूत शाक्यले दूतावासमा नेपाली पुस्तकालय निर्माण गर्ने र नेपालका राम्रा पुस्तकहरू कोरियन भाषामा अनुवाद गरी प्रकाशनको लागि पहल समेत गर्ने बताए ।

कार्यक्रममा भयवादका पवर्तक देश सुब्बा, नेपाली मानक भाषाका अभियन्ता डा. लुइँटेल, संगीतकार डि.आर. अटु, डा. पुष्पा शर्मा लगायतलाई अनेसास र आयोजक च्याप्टरले सम्मान गरेको थियो ।

सम्मेलनले कार्यपत्रमाथि उठेका विषयवस्तु, प्रवासी साहित्यिक कार्यक्रम, नेपाली भाषा-साहित्यको लागि प्रवासी योगदान लगायत विषयमा पाँचबुँदे सौल घोषणापत्र समेत पारित गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK