प्रतिनिधिसभा सदस्य अधिकारीवाट चोरसाँघुमा सेतीनदी माथि वनेको पक्की पुलको उद्घाटन

ENGLISH

प्रतिनिधिसभा सदस्य अधिकारीवाट चोरसाँघुमा सेतीनदी माथि वनेको पक्की पुलको उद्घाटन

8 January, 2018 | Kabi Adhikari | 1890 Views | comments

पोखरा, २४ पुस । प्रतिनिधिसभाका सदस्य रविन्द्र अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं . ७ र १५ लाई जोड्ने चोरसाँघुमा सेती नदी माथि वनेको पक्की पुलको आज उद्घाटन गर्नुभयो ।

chor sanghu 3

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको कूल रु. एक करोड साठी लाख ८९ हजार ८५६ ।–को लागतमा सो पक्की पुल निर्माण गरिएको हो ।

“ कुनै वेला निर्माण अनिश्चित बनेको उक्त्त पुललाई अधिकारीको पहलमा पुल निर्माणले गति लिएको थियो ” 

कुल लम्वाई २९ .९ मिटर लम्वाई र सात मिटर चौडाई रहेको सो पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० प्रतिशत र जिल्ला समन्वय समितिको ३० प्रतिशत खर्च भएको थियो ।

chor sanghu 1

पुल निर्माणसंगै महानगरपालिकाको वडा नं . ७,९,१४,१५ र १७ का स्थानीय जनतालाई आवागमनमा सुविधा पुगेको छ ।

पक्की पुलको उद्घाटनपछि वोल्दै प्रतिनिधिसभाका सदस्य अधिकारीले निर्वाचनपछि वामगठवन्धनले पाँच वर्ष सरकार चलाउन जनादेश प्राप्त गरेको र सो अवधिमा वामगठवन्धनको सरकारले राम्रो काम गरे अर्को पटकको निर्वाचनमा निरन्तरता पाउने तथा राम्रो काम नगरे हराउनु पर्ने विचार व्यक्त गर्नु भयो ।

प्रदेशसभाका सदस्य कृष्ण थापाले राजनैतिक क्रान्ति सकिएकोले अव विकास र आर्थिक समृद्धि गर्ने क्रान्तिको युग भएकोले यसको लागि नेपाली जनतालाई सुख र शान्ती दिन सवै जनप्रतिनिधि अगाडि वढ्नु पर्नेमा जोड दिनु भयो ।

जिल्ला समन्वय समिति कास्कीका संयोजक वैन वहादुर क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी,स्थानीय पूर्वाधार विकास सतथा कृषि सडक विभागका महानिर्देशक जीवन कुमार श्रेष्ठ,वडाध्यक्षहरु प्रकाश पौडेल,रामचन्द्र वराल, जिल्ला ईन्जिनियर नारायण वराल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

रविन्द्र अधिकारीको एक महिनाको तलव धुर्मुस-सुन्तलीलाई

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK