प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा

ENGLISH

TRAVEL

miklajung-village

प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा

6 February, 2018 | Kabiraj Adhikari | 5325 Views | comments

पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ ।

miklajung-village

पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो पर्यटकीयस्थल ओझेलमा परेको हो ।

रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवर्धन हुन सकेको छैन । समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो ।

सगरमाथा, कञ्चनजंघालगायतका हिमशृंखला तथा पूर्वका १४ वटा जिल्ला एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्याेदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाइ हुने गरेको भएपनि फिदिमबाट राँके–रवि सडक हुँदै करिब छ घण्टाको सवारी यात्रापछि लिम्बाको लेकगाउँ पुगिन्छ । करिब तीन घण्टाको पैदल यात्रापछि मिक्लाजुङ डाँडा पुगिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिने भएकाले यहाँ पाँचथर, इलाम, मोरङ, झापा, भारतको सिक्किम, सिलिगुढीलगायतका स्थानबाट समेत घुम्न पर्यटक आउने गरेका छन् ।

चौबीसै घण्टा शीतल हावा बहिरहने मिक्लाजुङ पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवं दृष्यावलोकनबाट लोभिन्छन् । स्थानीयवासी बेविन्द्र माखिमका अनुसार वर्षात्को समय होस् वा हिउँद्मा, वरिपरिका क्षेत्रमा हुस्सु, कुहिरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागिसमेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” माखिमले भन्नुभयो ।

मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित प्राचीन एवं ऐतिहासिक धार्मिकस्थल ‘चमेरे ओढार’ पुग्न सकिन्छ । धार्मिक किम्बदन्तीअनुसार पाण्डव गुप्तवास जाँदा आफ्ना हतियार महादेवलाई पुकार्दा उहाँकै आज्ञाले एउटा ठूलो ढुंगा शक्तिबाट चारकोठा भई भित्रभित्रै भर्याङ्समेत बन्न गई त्यही ढुंगाको ओढारमा आफ्नो हातहतियार राखेका थिए ।

हातहतियार राखेर बाहिरपट्टि एउटा मुर्दा झुण्डयाई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्न गएको भन्ने जनविश्वास रहिआएको छ । उक्त ठाउँ अहिले चमेरे ओढारका नामले परिचित छ । भू–धरातलको विकटता र मौसम प्रतिकूलताका कारणले पर्यटकीयस्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाका बासिन्दाका लागि परिचित हुँदाहुँदै पनि सो स्थल ओझेलमा रहेको छ ।

यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरुंगीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ ।

पर्यटन विकासका लागि गुरुयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउन आवश्यक छ । यहाँको पर्यटन विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुहुन्छ मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली ।

“पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ ।”

नेपाल आउने बेलायती पर्यटक बढे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल

अमेरिकामा शिक्षाविद् तथा समाजसेवी शिवलाल धिताल अभिनन्दित

गत शनिबार शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल नेपाल...

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK