प्रचण्ड छट्टु र केपी ओली अनपढ हुन्ः डा. भट्टराई

ENGLISH

POLITICS

प्रचण्ड छट्टु र केपी ओली अनपढ हुन्ः डा. भट्टराई

4 June, 2016 | Krishna Adhikari | 760 Views | comments

baburam

नयाँ शक्ति नेपाल चागुँनारायण नगरपरिषद्ले शनिबार भक्तपुरको छालिङमा आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई ले ‘प्रधानमन्त्री केपी ओली अनपढ र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छट्टु हुन्’ भन्दै आलोचना गरेका छन् ।

डाक्टर भट्टराइले भने ‘१४ वर्ष जेल बसेका तर कक्षा १० पनि पास नगरेका प्रधानमन्त्री ओलीले ज्ञान र विज्ञानको कुरा गर्न सुहाउदैन। भन्ने बेलामा कम्युनिष्ठ भन्ने तर काम भने काँग्रेस र एमाले भन्दा पनि खराब गर्ने प्रचण्डजी र माओवादीका साथीहरु छट्टु हुन् ।

नेपाली काँग्रेस पुरानो पार्टी भएपनि भ्रष्टचारीलाई संरक्षण गर्ने पार्टी भएको आरोप लगाए । उनले भने भ्रष्टचारीहरुलाई जेलबाट निस्कने बेलामा १ सय २० किलोको माला पहिर्याउने र केन्द्रिय सदस्यमा अत्यधिक मतले जिताउनहरुले देशको विकाश गर्दैनन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले हावाको भरमा समाजबादको वकालत गरेको आरोप समेत लगाए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे राजनितिक व्यवस्था आएपनि नेपाली जनताले सुख पाउन नसकेकाले आफुले नयाँ शक्तिको निर्माण गरेको उनले बताए ।

२१ औं शताब्दीको आवश्यकता पुरा गर्दै मुलुकलाई छोटो अवधिमा आर्थिक सम्वृद्धी तर्फ लानको लागि नयाँ शक्ति पार्टी खोलिएको बताए । कार्यक्रममा बोल्दै उनले भने ‘रहर लागेर यो ६० वर्षको उमेरमा जनतालाई झुक्याउन पार्टी खोलेर मैले च्याखे थापेको होइन । कार्यक्रममा नयाँ शक्ति नेपालका संगठनविभाग प्रमुख देबेन्द्र पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस् – बजेटको आकारमाथि चिन्ता नगर्न अर्थमन्त्री पौडेललेको आग्रह

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK