प्रगतिशील लेखक सङ्घको रुम्जाटार घोषणापत्र जारी

ENGLISH

प्रगतिशील लेखक सङ्घको रुम्जाटार घोषणापत्र जारी

25 February, 2017 | Bhawana Pathak | 885 Views | comments

ओखलढुंगा- प्रगतिशील लेखक सङ्घ, नेपालले मुलुकका राजनीतिदेखि कला, साहित्य र संस्कृतिमा हाबी भएको विदेशी हस्तक्षेपका विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ ।

सङ्घको आज यहाँ सम्पन्न दोस्रो राष्ट्रिय परिषद् बैठकले सांस्कृतिक आन्दोलनलाई साझा मोर्चाका रुपमा थप गतिशील बनाउन आफ्ना लक्ष्य पूर्तिका लागि सम्पूर्ण प्रगतिशील स्रष्टालाई एकीकृत परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले देशीय सामन्तवाद तथा पश्चिमा सांस्कृतिक साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवादले राष्ट्रिय राजनीति, इतिहास, कला, साहित्य र संस्कृतिमा छलछाम, षड्यन्त्र र हस्तक्षेप थोपरेकोलगायत दस बुँदे रुम्जाटार घोषणापत्र, २०७३ समेत जारी गरेको छ ।

घोषणापत्र जारी गर्दै प्रलेसका अध्यक्ष प्राज्ञ मातृका पोखरेलले भन्नुभयो, “न्यायपूर्ण, समतामूलक समृद्ध समाज निर्माणका लागि बुर्जुवा र उपभोक्तावादी साहित्यिक चिन्तनधारा तथा आधुनिकतावादको नाममा अराजकताको वकालत गर्ने प्रवृत्तिविरुद्ध वैचारिक एवम् सिर्जनात्मक अभियान सञ्चालन गरिनेछ ।”

उहाँले आगामी जेठमा प्यूठानमा राष्ट्रियता चेतनासम्बन्धी राष्ट्रिय गोष्ठी, सबै प्रदेशमा भेला, केन्द्रमा नियमित परिसंवाद तथा मैथिली भाषाबारे जनकपुर र महेन्द्रनगरमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयो ।

बैठकले करिब दुई दसकदेखि हुन नसकेको स्थानीय तह निर्वाचनको मिति आगामी वैशाख ३१ मा तोकिनुलाई स्थानीय सशक्तिकरण र लोकतान्त्रिक प्रक्रियाको संस्थागत विकासका सन्दर्भमा सकारात्मक रहेको ठहर गरेको छ ।

राष्ट्रिय चाड, पर्व, रीतिरिवाज एवम् संकृतिलाई जनसापेक्ष र त्यसमा प्रगतिशील वैज्ञानिक सांस्कृतिक रुपान्तरणका लागि वैचारिक र प्रशिक्षणमूलक अभियानात्कका कार्यक्रम सञ्चालन तथा साहित्यिक एवम् सांस्कृतिक क्षेत्रमा दिइने पुरस्कार र सम्मानलाई वस्तुवादी मूल्याङ्कनका माध्यमबाट दिइने परम्पराको थालनी गर्ने प्रतिबद्धता पनि बैठकले गरेको छ ।
प्राज्ञ नर्मदेश्वरी सत्यालले स्रष्टाहरुले संस्कृति सुधार र लैङ्गिक संवेदनशीताका क्षेत्रमा पर्याप्त काम गर्न सक्नुपर्ने बताउँदै राष्ट्रियतामा उत्पन्न खतरा चिर्न र राजनीतिक क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

बुद्धिजिवी गोपीरमण उपाध्यायले प्रगतिशील साहित्यिक क्षेत्र आफैमा समृद्ध भए पनि राज्यका निकायबाट सम्मानजनक व्यवहार हुने नसेको बताउँदै प्रलेसको रुम्जाटार घोषणापत्र कार्यान्वयन भएमा संस्कृति रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकले ओखलढुङ्गा जिल्लाको समग्र विकास र रुम्जाटारको बहुआयामिक विकासका लागि भइरहेको सत्प्रयासको प्रशंसा गर्दै रुम्जाटार विमानस्थलको स्तरोन्नति, पर्यटन र शैक्षिक गन्तव्यस्थलको विकास एवम् जनजीविकाका सवालमा राज्यले प्राथमिकता दिनुपर्ने माग गरेको सङ्घका महासचिव आरएम डङ्गोलले जानकारी दिनुभयो ।

जिल्ला समिति घोषणा

यसैबीच युवराज दाहालको अध्यक्षतामा प्रलेस ओखलढुङ्गा जिल्ला समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा दुर्गा लिम्बू, सचिवमा बोधनारायण श्रेष्ठ, कोषाध्यक्ष मनोज भट्टराई, सहसचिव कुमार काफ्ले तथा सदस्यमा मुना खतिवडा, विकास राई, शिवप्रसाद ढुङ्गाना, जीवन परिवार, हरिप्रसाद धमला, उर्मिला घिमिरे र बोधराज पौडेल हुनुहुन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK