प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

ENGLISH

POLITICS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

23 November, 2017 | Kunjar Bhattarai | 705 Views | comments

अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताउनुभएको छ ।

आज(बिहिबार) आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व.प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताउनुभयो ।

मन्तव्यमा भनिएको छ, “प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) सँगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईंका छोराछोरी हौँ’ भनेर हाम्रो आत्मबल बढाए । प्रकाश अब छैनन् । तर, देशका हरेक युवा–युवतीमा हामीले प्रकाशलाई देखेका छौँ ।”

आफ्नो पारिवारिक शोकमा आम रुपमा प्राप्त भएको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण रहेको भन्दै उहाँले पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘ तपाईहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ ।’

शोकको यो घडीमा आफूले देशबाट मात्रै होइन विश्वभरिबाटै समवेदना र सान्त्वना पाएको, नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति ऋणी रहेको अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालको लिखित मन्तव्यमा भनिएको छ ‘ छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना पायो । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभूति देखाए । पेशागत, व्यावसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए । मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रुपमा उर्लिएको जनसागरलाई मैले प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु । ’

यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट अध्यक्ष दाहालका ३६ वर्षका छोरा प्रकाशको असामयिक निधन भएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी, पत्रकार, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । उपस्थित सहभागीले अध्यक्ष दाहाल र उहाँको परिवारलाई समवेदना व्यक्त गरेका थिए ।

प्रचण्ड पुत्र प्रकाशको निधन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK