प्यारालाइसिस रोगीलाई हङ्कङबाट सहयोग

ENGLISH

NRN GLOBAL

प्यारालाइसिस रोगीलाई हङ्कङबाट सहयोग

14 April, 2018 | Kabi Adhikari | 2005 Views | comments

हङ्कङमा बस्दै आउनुभएका आठराई गाउँपालिका–१, संक्रान्तिबजारका सन्तोष लिम्बूलाई मेरुदण्डको प्यारालाइसिस उपचारका लागि हङ्कङका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

sahayog

पत्रकार मनकुमार फोम्बोले मेरुदण्डको प्यारालाइसिसबाट पीडित २२ वर्षीय लिम्बूको उपचारका लागि उनका आमा विष्णुकुमारी लिम्बूलाई रु ५३ हजार ६०० सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

संक्रान्तिबजारस्थित आयुर्वेद औषधालयको कोठमा रहेका पीडितको उपचारका लागि दिल फोम्बोको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरी उक्त रकम सहयोगस्वरुप उपलब्ध गराएको हो । वैदेशिक रोजगारीका लागि विसं २०७० मा मलेशिया गएका लिम्बूको काम गर्ने क्रममा ढाड सड्किएपछि शल्यक्रिया गर्दा ढाडको नसा छिनेको र पछि प्यारालाइसिस भएको परिवारले जनाएको छ ।

मलेसियाको सिगेबुल हस्पिटलमा सामान्य शल्यक्रियामा डाक्टरको हेलचेक्राइँका कारण ढाडको नसा छिनाइदिए पछि थलिएको पीडितको भनाइ छ । चार वर्षदेखि प्यारालाइसिसबाट पीडित लिम्बूको अहिले छातीदेखि मुनिका कुनै अंग नचल्ने भएका छन् । लिम्बूको उपचारका लागि हालसम्म रु २८ लाखभन्दा बढी खर्च भइसकेको छ । लिम्बूको मेरुदण्डको फेदमा शल्यक्रियाको घाउ अझै निको भएको छैन । नियमित औषधिका लागि मासिक रु ३० हजार खर्च हुन्छ । औषधि खरिदका लागि पनि समस्या रहेको पीडितका परिवारले बताएको छ । सफल उपचारका लागि उनका परिवारले सबैमा सहयोगको याचना गरेको छ ।

क्यान्सर पीडितलाई हङ्कङबाट सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत...

बङ्गबन्धु

बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु...

मलेसिया

मलेसियामा धरपकड: ‘गैरकानुनी’ कामदार धमाधम समातिँदै

मलेसियाले पछिल्लो समय गैरकानुनी आप्रवासी कामदारहरूलाई लक्षित गर्दै धमाधम...

भारत

एसिया कप : पाकिस्तानलाई पराजित गर्दै भारत फाइनलमा

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ भने...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK