पोल्याण्ड, वेल्स र पोर्चुगल युरो कपको अन्तिम आठमा (भिडियो सहित)

ENGLISH

SPORTS

पोल्याण्ड, वेल्स र पोर्चुगल युरो कपको अन्तिम आठमा (भिडियो सहित)

26 June, 2016 | Sandeep Bhattarai | 1545 Views | comments

पोर्चुगल वेल्स र पोल्याण्ड युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा स्विजरल्याण्डलाइ टाइ ब्रेकरमा हराउदै पोल्याण्ड क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

po1

निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि खेल टाइ ब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा स्विजरल्याण्डका जाकाले पोस्टबाट बाहिर प्रहार गरेपछी ५-४ को अग्रतामा पोल्याण्डले क्वाटरफाइनलमा स्थान पक्क गरेको हो । पोल्याण्डका भने पाँचै खेलाडीको पेनाल्टी गोलमा परिणत भएको थियो ।

यद्यपि खेलको ३९ औं मिनेटमा पोल्याण्डका लागि जाकुब ब्लासचिकोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा साकिरीले बाइसाइकल किकमार्फत निकै उत्कृष्ट गोल गर्दै गोल गरेपछि खेल बराबरी भएको थियो ।

त्यस्तै हिजै भएको अर्को खेलमा उपहार गोलको मद्दतले नर्दन आयरल्याण्डलाई पराजित गर्दै वेल्स अन्तिम आठमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा उत्तरी आयरल्यान्डलाई १–० ले हराउँदै वेल्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको ७५ औं मिनेटमा ग्यारेथ म्याकआउलेले गरेको आत्मघाती गोल नै वेल्सलाई क्वाटरफाइनलमा पुर्याउन पर्याप्त रह्यो ।

wa1

ग्यारेथ बेलले मैदानको बायाँबाट क्रस गरेको बल रोक्ने क्रममा म्याकआउलले आफ्नै पोस्टमा गोल गरेका थिए । वेल्सले क्वार्टरफाइनलमा हंगरी र बेल्जियमबीचको विजेतासँग खेल्नेछ ।

wa2

यसैगरी आइतबार बिहान भएको क्ल्हेलमा क्रोएसियालाई १-० ले पराजित गर्दै पोर्चुगल क्वाटर फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा कुनै पक्षबाट गोल नभएपछि खेल अतिरिक्त समय तर्फ धकेलिएको थियो ।

por

फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले गोल गर्दै टोलीलाई अन्तिम आठमा पुर्याउन मद्दत गरे । जाआओ मारियोलाई प्रतिस्थापन गर्दै ८७औं मिनेटमा क्वारेज्मा मैदान प्रवेश गरेका थिए । क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए । अन्तिम ८ को खेलमा पोर्चुगलले पोल्याण्डसंग खेल्ने छ ।

पोल्याण्ड र स्विजरल्याण्डको खेल –

वेल्स र नर्दन आयरल्याण्डको खेल –

पोर्चुगल र क्रोएसियाको खेल –

यो पनि हेर्नुस – युरो कपको अन्तिम १६ मा पोर्चुगल, हंगेरी, आइसल्याण्ड, बेल्जियम र रिपब्लिक अफ आयरल्याण्ड (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

भाजपा नेताद्वारा प्रधानमन्त्री ओलीलाई चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

भारतीय जनता पार्टीका वरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र...

गिरी

अमेरिकाको गोलीकाण्डमा एक नेपालीसहित तीनको हत्या

अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK