पोल्याण्डको वारसवामा तिहार कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

पोल्याण्डको वारसवामा तिहार कार्यक्रम सम्पन्न

24 October, 2017 | Sandeep Bhattarai | 1455 Views | comments

पोल्यान्ड

नेपाली प्रवासी मंच पोल्याण्डले वारसवा लुसिड क्लबमा बिजया दशमी तथा दीपावलीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

पोल्याण्डमा रहेका समस्त नेपालीलाई आफ्नो नेपाली, भाषा, शैली, कला,चाडपर्व आदिको झल्को मेटाउने उक्त कार्यक्रममा तीन सय जना भन्दा बढी नेपाली समुदायको उपस्थिति रहेको थियो । नेपाली प्रवासी मंच पोल्याण्डका कावा अध्यक्ष नवराज ढकालले सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा भने गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा.बोधराज सुबेदी हुनुहुन्थ्यो.।

कार्यक्रममा अतिथिको रुपमा प्रवासी नेपाली मंचका उपाध्यक्ष अक्षय रिजाल, नेपाली काँग्रेस जनसम्पर्क समिति अध्यक्ष डा.एलिनी पोखरेल सुबेदी , अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज केन्द्रीय उपाध्यक्ष एवं पानी अभियानकर्ता मित्रलाल पार्दे, नेपाली प्रबासी मंच पोल्याण्डका निवर्तमान अध्यक्ष टंक बहादुर कटवाल आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन नेपाली प्रवासी मंचको पोल्याण्डका सचिव बिनोद आचार्यले गर्नु भएको थियो भने कार्यक्रम संयोजनको भूमिका सचिव प्रदिप अधिकारीले निभाउनुभएको थियो ।कार्यक्रममा विभिन्न क्षेत्रबाट पाल्नुभएका बिभिन्न अतिथिहरुले आआफ्नो तिहार शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।हालसालै दिनहरुमा पोल्याण्डमा नेपाली कार्यक्रमहरुमा उल्लेख्य मात्रामा नेपाली तथा विदेशीहरुको जमघट बढ्दै गइरहेको छ ।

उक्त कार्यक्रममा पनि नेपालीहरुको ठूलो जमघट भएको थियो । कार्यक्रममा नेपाली राष्ट्रिय गीतको साथै पोल्याण्डको राष्ट्रिय गीतमा पनि सहभागीहरुले देशप्रति सम्मान ब्यक्त गरेका थिए । पोल्याण्ड भरिबाट करिब ३५० को हाराहारीमा नेपाली समुदयले सहभागिता जनाएका थिए ।कार्यक्रमको आकर्षणमा नृत्य तथा गायन प्रतियोगिता र कमिटिको तर्फबाट प्रस्तुत देउसी भैलो गीत थियो ।

गायन तर्फ प्रथम ,दृतिय र तृतीय स्थान क्रमश सन्तोष अधिकारी,संगम राइ र बिबेकले हात पार्नुभयो भने नृत्य तर्फ रिय सुनुवार, संजय शर्मा तथा मंजिना नापित क्रमश प्रथम, दृतिय र तृतीय हुनु भयो । नेपाली प्रवासी मंचको तर्फबाट दुवै विधामा प्रथम ,दृतिय तथा तृतीय हुनेलाइ क्रमश ५००,३००,र २०० ज्लोटी बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

पोल्यान्ड

पोल्याण्डमा रहनुहुने अन्य कलाकारहरु रुपेश यादव ,भवन अधिकारी ,तुलसी शाही ,रोहन तामाङ्ग, त्रिसना अधिकारी आदिले आ आफ्नो प्रस्तुति दिनु भएको थियो । त्यसैगरी कार्यक्रमलाई प्रायोजन गर्ने कम्पनीहरु अबाईड ग्रुप, म्याजिक मसला, बटुका ओरिजिनल, ह्य्दत लिमिटेड, अरोमा एंड टेस्ट, लिटल इंडिया आदिलाई प्रमाणपत्र प्रदान गरिएको थियो |

गैर आवासीय नेपाली संघ पोल्यान्डको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

भाजपा नेताद्वारा प्रधानमन्त्री ओलीलाई चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

भारतीय जनता पार्टीका वरिष्ठ नेता बिजय जौलीले नेपालको एकमात्र...

गिरी

अमेरिकाको गोलीकाण्डमा एक नेपालीसहित तीनको हत्या

अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK