पोर्तुगलमा मोती जयन्ती सम्पन्न

ENGLISH

NRN GLOBAL

पोर्तुगलमा मोती जयन्ती सम्पन्न

15 September, 2015 | Sandeep Bhattarai | 825 Views | comments

लिस्बन पोर्तुगल-  गैर आबासीय नेपाली संघ पोर्तुगलको आयोजनामा सेप्टेम्बर १४ का दिन पोर्तुगलमा १५० औं मोती जयन्ती तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

moti

प्रमुख अतिथि एनआरएनए आइसीसी सल्लाहकार तथा साहित्यकार हरि पौडेलले दीप प्रज्वलन गरि उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा गैर आबासीय नेपाली संघ पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल अतिथि हुनु हुन्थ्यो । युवा कबि मोती राम भट्टको तस्बिरमा श्रदा पुर्बक फूल अबिर अर्पण र राष्ट्रिय गीत पछि गैर आबासीय नेपाली संघ पोर्तुगलका उपाध्यक्ष राजन शेरचनले स्वागत मन्तब्य राख्नु भएको थियो भने अतिथि पूर्ण हमाल र प्रमुख अतिथि हरि पौडेलले मोतीराम भट्ट तथा नेपाली साहित्यको बारेमा आफ्नो मन्तब्यहरु राख्नु भएको थियो ।

प्रमुख अतिथि तथा साहित्यकार हरि पौडेललाई गैर आबासीय नेपाली संघ पोर्तुगलको तर्फबाट सम्मान पनि गरियको थियो भने गैह्र आबासीय नेपाली संघ पोर्तुगलका संस्थापक अध्यक्ष पूर्ण हमालको आइसीसी यूरोप संयोजकको उम्मेदवारीलाई समर्थन गर्दै सफलताको लागि शुभ-कामना ब्यक्त गरिएको थियो ।

गैर आबासीय नेपाली संघ पोर्तुगलका उपाध्यक्ष तथा गीतकार सुनिल संगम द्वारा संचालित उक्त साहित्यिक कार्यक्रमको सभापतित्व गैह्र आबासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष भिम कमल केसीले गर्नु भएको थियो ।

moti1

साना-साना भाई बहिनिहरु देखि लिएर विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र साहित्यकारहरुका साथै साहित्य प्रेमी महानुभावहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा हरि पौडेल, भिम कमल केसी, सुनिल संगम, मोहोन आचार्य जलद, सीता बराल, कृष्ण कंडेल जिज्ञासु, राजन शेरचन, बिजी श्रेष्ठ, साना कडेल, बबिता गैरे र सामना अधिकारीले आफ्नो रचनाहरु बाचन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK