पोर्चुगल युरो कपको सेमिफाइनलमा (भिडियो सहित)

ENGLISH

SPORTS

पोर्चुगल युरो कपको सेमिफाइनलमा (भिडियो सहित)

पोल्याण्ड टाइब्रेकरमा चुक्यो

1 July, 2016 | Sandeep Bhattarai | 1510 Views | comments

पोल्याण्डलाई टाइब्रेकरमा हराउदै पोर्चुगल युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा पोर्चुगलले पोल्याण्डलाई पेनाल्टीमा ५-३ ले पराजित गरेको हो ।

por

पोल्याण्डले सुरुवाती अग्रता जोगाउन नसक्दा क्वाटरफाइनलबाटै बाहिरिएको छ । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । पोल्यान्डको लागि खेल सुरु भएको दोस्रो मिनेटमै रोबर्ट लेभान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर पोर्चुगलको लागि रेनाटो सान्चेसले खेलको ३३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि दोस्रो हाफ झन् रोमान्चक बन्यो । दोस्रो हाफमा दुवै टोलीले केहि गोल गर्ने सुन्दर अवसर खेर फाले । पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।

euro-poland

प्रि क्वाटरफाइनलमा पोर्चुगलले क्रोएसियालाई १-० ले स्तब्ध पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । यस सिजनमा खराब फर्ममा गुज्रिरहेको पोर्चुगल उत्कृष्ट चार टिममा परि प्रि क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । त्यस्तै पोल्याण्डले भने दावेदार राष्ट्र स्विजरल्याण्डलाई टाइ ब्रेकरमा हराउदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो ।

Poland vs Portugal Highlights

अब फाइनल प्रवेशको लागि पोर्चुगलले शुक्रबार राति हुने बेल्जियम र वेल्सको खेलको विजेतासँग खेल्नेछ ।

भिडियो –

यो पनि हेर्नुस – युरो कपको पहिलो क्वाटरफाइनल खेलमा पोर्चुगल र पोल्याण्ड भिड्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK