पोर्चुगलमा २८५४ औँ सोनाम ल्होसार मनाईदै

ENGLISH

NRN GLOBAL

पोर्चुगलमा २८५४ औँ सोनाम ल्होसार मनाईदै

11 January, 2018 | Kabi Adhikari | 5210 Views | comments

वाई वि तमू ,१० जनवरी २०१८,लिस्बोन । नेपालका आदिवासीहरु तामाङ जातिहरुको मौलिक पर्व “सोनाम ल्होसार” राजधानी लिस्वनमा आगामी जनवरी २८ ,२०१८ मा ” तामाङ जातिको परिवर्तन ,शैक्षिक तथा आर्थिक सुदृिढकरण” भन्ने मूल नाराका साथ् बिभिन्न साँस्कृतिक झाँकीहरु सहित मनाउने तयारी भएको कुरा तामाङ समाज पोर्चुगलले जानकरी दिएको छ ।

sonam lhosaar

तामाङ समाज पोर्चुगलको मुख्य आयोजनामा हुन लागेको उक्त २८५४औँ सोनाम ल्होसार (नागी ल्हो) कुकुर वर्ग लाई स्वागत गर्दै उक्त ल्होसार पर्व मनाउने तयारी भएको कुरा समाजका अध्यक्ष सोनाम योञ्जन लामाले जानकारी दिएका छन् । उक्त ल्होसार सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेपालका चर्चित गायिका इन्दिरा गोले तामाङ तथा कृष्ण वाईबाको प्रमुख आतिथ्यतामा अन्य स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने उक्त ल्होसार सास्कृतिक कार्यक्रममा पोर्चुगल लगायत युरोप बासी तामाङ दाजु भाई तथा अन्य नेपाली समुदायहरुमा उपस्थित भै उक्त सोनाम ल्होसार भब्य रुपमा सम्पन्न गर्नका लागि तामाङ समाज पोर्चुगल सबैमा अनुरोध गरेको छ ।

लिस्वन स्थित रहेको टाइम आउट स्टुडियोमा हुने उक्त ल्होसार सास्कृतिक कार्यक्रम २८ जनवरी २०१८ का दिन दिनको ठिक ३ बजे देखि मध्यराती सम्म हुने कुरा आयोजक तामाङ समाज पोर्चुगलका अध्यक्ष सोनाम योञ्जन लामाले जानकारी दिनु भएको छ ।

उक्त ल्होसार कार्यक्रम बापत जम्मा भएको रकम नेपालमा रहेका विपन्न तथा गरिव तामाङसमुदायका बालबालिकाहरुको शैक्षिक तथा आर्थिक उन्नतिका लागि खर्च गरिने कुरा अध्यक्ष लामाले वताउनु भएको छ ।

आज सोनाम ल्होसार, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK