पोर्चुगलमा विश्वव्यापी गजल प्रतियोगिताको पुरस्कार घोषणा संगै २०४औँ भानु जयन्ति मनाईयो

ENGLISH

NRN GLOBAL

पोर्चुगलमा विश्वव्यापी गजल प्रतियोगिताको पुरस्कार घोषणा संगै २०४औँ भानु जयन्ति मनाईयो

18 July, 2017 | Bhawana Pathak | 595 Views | comments

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, पोर्चुगलद्वारा राजधानी लिस्वनमा आयोजित एक कार्यक्रममा २०४ औं भानु जयन्ति मनाउनुका साथै ” विश्वव्यापी गजल प्रतियोगिता २०१७” को विजेताहरुलाई पुरस्कार घोषणा तथा १० औं रचना वाचन शृंखला कार्यक्रम सम्पन्न भएको छ ।

अनेसास पोर्चुगलका अध्यक्ष तथा गैर-आवासीय नेपाली संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष सुनिल संगमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गैर-आवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद सदस्य तथा लिस्वनका लागि पर्यटन दूत तथा अनेसास पोर्चुगलका सल्लाहकार रमेश कुमार गुरुङ रहेका थिए ।

कार्यक्रमको विधिवत उद्घाटन पश्चात राष्ट्रिय गीत बजाएर कार्यक्रमको शुरुवात गरिएको थियो । संस्थाका महासचिव अनुराग कंडेलद्वारा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष वाई वि गुरुङले मन्तब्य राख्दै अतिथिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोर्चुगलका लागि पर्यटन दूत तथा गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य रमेश कुमार गुरुङ तथा सभापति संस्थाका अध्यक्ष तथा गैर-आवासीय नेपाली संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष सुनिल संगम द्वयले दीप प्रज्वलन गरि संयुक्त रुपमा उद्घाटन गरिएको उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्विरमा फूलमाला अर्प्रण गरिएको थियो ।

अनेसास पोर्चुगलद्वारा आयोजना गरेको उक्त अनलाईन गजल प्रतियोगितामा विजयी भएका गजलकारहरुको गजल पढेर सुनाइएको थियो । विश्वभर बाट करिव ५९ जना गजलकारहरुले सहभागी जनाएको उक्त प्रतियोगितामा उत्कृस्ट १० गजललाई पुरस्कृत गरिएको थियो । उत्कृस्ट १० गजलहरु मध्ये पहिलो, दोस्रो र तेस्रो क्रमश: लोकेश संघात युएई, गौतम मनिष बाग्लुङ्ग, सीता प्याकुरेल धादिङ्ग भएका थिए । उत्कृस्ट गजलकारहरुलाई नगद सहित प्रमाण-पत्र प्रदान गरिएको थियो भने अन्य उत्कृस्ट १० गजलकारहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पोर्चुगलमा रहेका साहित्यकारहरु वाईवि गुरुङ, कृष्ण कडेल “जिज्ञासु”, संजय लामा, अनुरा कडेल, पोमु ल्हेमु शेर्पा लगायत अन्य साना-साना भाई बैनिहरुले कविता तथा गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अतिथिका तर्फबाट नेपाली नारी समाजकी अध्यक्ष तथा अनेसास पोर्चुगलकी सल्लाहकार सीता वरालले शुभ-कामना मन्तव्य राख्दै उत्कृस्ट १० गजल मध्यको चौथो र तेस्रो गजल प्रस्तुत गरेकी थिइन ।
राजधानी लिस्वन स्थित एभरेस्ट स्पोर्ट्स क्याफेको सभाहलमा सम्पान उक्त कार्यक्रममा निकै बाक्लो संख्यामा उपस्थित महानुभावहरुले कार्यक्रमको प्रसंशा गरेका थिए ।

कार्यक्रममा उत्कृस्ट पहिलो, दोस्रो र तेस्रो पुरस्कारको सौजन्य गरे बापत लिस्वनका लागि नेपाली बणिज्यदुत मकर बहादुर हमाल, नेपोन रेस्टुरेन्टका संचालक प्रेम खड्का तथा गैर-आवासिय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष तथा पोर्चुगलका लागि नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि शम्भु गौतम त्रयलाई अनेसास,पोर्चुगलको तर्फबाट प्रसंशापत्र प्रदान गरिएको थियो भने सो गजल प्रतियोगिताका निर्णायक त्रय बरिष्ठ साहित्यकार डा, कृष्ण हरि वराल, रवि प्राञ्जल, तथा गोबर्धन पूजालाई समेत प्रसंशा-पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा अनेसास पोर्चुगलका अध्यक्ष तथा कार्यक्रमका सभापति सुनिल संगमद्वारा उपस्थित सम्पुर्ण महानुभावहरुमा धन्यवाद सहित विश्वभरिबाट उक्त प्रतियोगितामा सहभागीता जनाएका सम्पूर्ण प्रतियोगीहरुलाई धन्यवाद सहित उत्कृस्ट १० स्थानमा छनोट हुन सफल भएका प्रतियोगीहरुलाई बिशेष धन्यवाद दिदै कार्यक्रमको विसर्जन गरिएको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK