पोर्चुगलमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

ENGLISH

पोर्चुगलमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भरत प्रधान

11 October, 2017 | Bipin Acharya | 1375 Views | comments

नेपाली कांग्रेसको प्रवासी भातृ सँगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

तिहार एवं छठ पर्वको अवसर पारेर समितिले राजधानी लिस्बन स्थित रोसियोमा सोमबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

समितिका सभापति लक्ष्मीप्रसाद सापकोटाको सभापतित्व तथा गैरआवासीय नेपाली सँघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रवासी नेपाली मञ्चका का.बा. अध्यक्ष रोबोट लिम्बु, नारी समाज पोर्चुगलका महासचिव मीना खरेल, नेपाली एकता समाजका अर्जुन सुनुवार लगायतले बोल्दै प्रवासी नेपालीहरुकोे बिचमा आपसी सहयोग, सहकार्य र एकतामा जोड दिएका थिए ।

नेपालीहरुको बिचमा आपसी मेलमिलाप र भावनात्मक एकताको खाँचो औल्याउदै उनिहरुले प्रवासमा नेपालीहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रवासी नेपालीहरु एक हुनुपर्ने बताएका थिए ।

राष्ट्रिय मेलमिलाप र एकताको नीति लिएर महामानव बिपि कोइराला प्रवासबाट स्वदेश फर्केको दिनलाई स्मरण गर्दै नेपाली कांग्रेसले हरेक वर्षको कोजाग्रत पूणिर्माका दिन गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रवासमा पनि निरन्तरता दिदै पहिलो पटक आयोजना गरिएको समितिका सभापति लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिए ।

कार्यक्रम समितिका उपसभापति सुशील शर्मा गैह्रेको स्वागत तथा महामन्त्री बिनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पोर्चुगलमा क्रियाशील नेपाली सँघ सँस्थाका प्रतिनिधी, ब्यबसायी, समाजसेवी, सञ्चारकर्मी एवं नेपाली काँगे्रसमा आस्थावान्हरुको उपस्थिति रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण तत्कालका लागि बन्द गर्ने

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको...

राम्चेमा आलु खेती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा गरिएको आलु खेती ।...

बिआरआई अन्तर्गत सहयोगका पाँचक्षेत्र मुख्य प्राथमिकतामाः परराष्ट्रमन्त्री

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको...

आइपिएल : वाट्सनको शतकमा चेन्नई विजयी,राजस्थान ६४ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा वाट्सनको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK