पोर्चुगलमा कार्यक्रम नै कार्यक्रम लामिछाने र पन्तलाई भ्याई नभ्याई

ENGLISH

NRN GLOBAL

पोर्चुगलमा कार्यक्रम नै कार्यक्रम लामिछाने र पन्तलाई भ्याई नभ्याई

सुनिल संगम, लिस्बन

17 May, 2017 | Bipin Acharya | 755 Views | comments

गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक जिवा लामिछानेबाट लिखित बहुचर्चित यात्रा साहित्यको पुस्तक ”सरसर्ती संसार” को समिक्षा तथा लेखकसंग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । उक्त साहित्यिक कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले आयोजना गरेको थियो भने पत्रकार बिनोद घिमिरे, अनेसास सल्लाहकार सीता बराल, एनआरएन पोर्चुगलका अध्यक्ष तथा अनेसास सल्लाहकार भीम कमल केसीले पुस्तकको समिक्षा गरेका थिए ।

महासचिब अनुराग कडेंलद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष वाई वी गुरुङले अतिथि तथा उपस्थित साहित्य प्रेमीहरुको निम्ति स्वागत मन्तब्य राखेका थिए भेन कार्यक्रम अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगमको सभापतित्वमा सम्पन्न भएको थियो।

यसै गरि गैह्र-आबासीय नेपाली संघ पोर्चुगलले ”नेपाली नागरिकताको निरन्तरता र राष्ट्र निर्माणमा एनआरएनको भूमिका” बिषयमा अन्तरकृयाको कार्यक्रम सम्पन्न गरेको छ महासचिब सोम फुरी शेर्पाले संचालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष सुनिल संगमले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष भीम कमल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक जिवा लामिछाने, गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, गैह्र आवासीय नेपाली संघ जर्मनीका निबर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य एबं नागरिक्ताको निरन्तरता सम्बन्धी कार्यदलका सदस्य सन्तोष भट्टराई, गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य तथा पोर्चुगलका लागि नब नियुक्त पर्यटन दुत रमेश कुमार गुरुङ, गैह्र-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका पूर्व सल्लाहकार सुभाष पोखरेल, नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगल प्रतिनिधि एबं गैह्र-आवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष शम्भु गौतम, आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष नर भुपाल राई लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए।
मगर समाज पोर्चुगलले पनि एक बनभोज कार्यक्रमको साथसाथै संस्थाको अधिबेसन गरि नारायण काजी थापा मगरको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ। महासचिब दीपक राना मगरद्वारा संचालित उक्त कार्यक्रम अध्यक्ष लाल बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक जिवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, सदस्य एबं पोर्चुगलका नब नियुक्त पर्यटन दुत रमेश कुमार गुरुङ, एन आर एन पोर्चुगलका अध्यक्ष भीम कमल केसी, आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष नर भुपाल राईले शुभकामना मन्तब्य राखेका थिए साथै नया कार्य समितिका पदाधिकारीहरुलाई प्रखुम अतिथि लामिछाने र पन्तले खादा लगाएर स्वागत गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK