पोर्चुगलमा एक नेपालीद्वारा अर्का नेपालीको छुरा हानेर हत्या

ENGLISH

NRN GLOBAL

पोर्चुगलमा एक नेपालीद्वारा अर्का नेपालीको छुरा हानेर हत्या

भरत प्रधान

16 September, 2017 | Bipin Acharya | 695 Views | comments

युरोपेली मुलुक पोर्चुगलमा एक नेपालीले अर्का नेपालीको छुरा हानेर हत्या गरेका छन् ।

पर्वत मल्लाजका ४४ बषर्ीय हरि बहादुर जिसीमाथि मंगलबार मध्यराति राजधानी लिस्बनस्थित क्याम्पो पिक्यानोे मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा प्रहार भएको थियो । उनलाई धादिङ खहरेका अर्जुन सापकोटाले छुरा हानेका हुन् ।

घटनामा जिसीका भाइ ओमबहादुर गम्भीर घाईते भएका छन् ।

जिसी चार बर्षदेखि पोर्चुगल बस्दै आएका थिए । उनी भाइलाई भेट्न गएका बेला एक चाईनिज रेष्टुरेष्टमा कार्यरत सापकोटाले छुरा हानेका हुन् ।

छुरा प्रहार गर्ने सापकोटा भने फरार छन् । घटनालगत्तै प्रत्यक्षदर्शी एक नेपालीले रेष्टुरेण्ट सञ्चालकलाई खबर गरेपछि प्रहरीले दुबै जनालाई अस्पताल पुर्‍याएको थियो ।

छुरा प्रहारबाट घाइते भएका ओमबहादुर बुधबार नै डिस्चार्ज भएका छन् छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

४ दिन अघि मात्र उक्त रेष्टुरेण्टमा काम गर्न थालेका सापकोटालाईसञ्चालकले आइतबार कामबाट निकालिेपछि ओम बहादुरसँग बिवाद भएको थियो ।

ओम बहादुरका कारण रेष्टुरेष्ट सञ्चालकले आफूलाई कामबाट निकालेको भन्दै रुष्ट बनेका सापकोटाले उनिहरुमाथि छुरा प्रहार गरेका थिए ।

मृतक जिसीको शव परिक्षणका लागि सान्तामारिया अस्पतालको शव गृहमा राखिएको गैर आवासी नेपाली संघ पोर्चुगलकानिबर्तमानअध्यक्ष भिम केसीले जानकारी दिए ।

सपरिवार पोर्चुगल बस्दै आएका मृतक जिसीका श्रीमती र दुई छोरी छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK