पोर्चुगलको १३ औं साधरण सभा तथा मासिक रचना वाचन कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

पोर्चुगलको १३ औं साधरण सभा तथा मासिक रचना वाचन कार्यक्रम सम्पन्न

30 January, 2017 | Krishna Adhikari | 940 Views | comments

kkलिस्बन,, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको १३ औं साधरण सभा तथा ७ औं मासिक रचना वाचन कार्यक्रम राजधानी लिस्बनमा सम्पन्न भएको छ ।

लिस्बन स्थित गैह्र-आवासिय नेपाली संघको कार्यालयमा सम्पन्न उक्त साधारण सभा तथा मासिक रचना वाचन कार्यक्रमका प्रमुख अतिथि एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमल, बिशेष अतिथि एनआरएनए पोर्चुगलका उपाध्यक्ष शम्भु गौतम तथा अनेसास पोर्चुगलका अध्यक्ष सुनिल संगम त्रयले समाजको ब्यानर खोलेर उद्घाटन गरेका थिए ।

कार्यक्रमको पहिलो सत्र अन्तर्गत समाजका उपाध्यक्ष वाईवि गुरुङले स्वागत मन्तब्य राखेका थिए भने महासचिव अनुराग कंडेलद्वारा प्रगति प्रतिबेदन र कोषाध्यक्ष रिया शर्माको तर्फ़बाट सदस्य श्याम सुबेदीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसहमतिले अनुमोदन गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि एनआरएनए पोर्चुगलका अध्यक्ष तथा समाजका सल्लाहकार भिम केसी कमलले शुभ-कामना मन्तब्य सहित पोर्चुगलमा रहेका सम्पूर्ण साहित्यानुरागीहरुलाई एकाबद्ध भै अगाडी बढ्न सुझाव दिएका थिए भने अनेसास पोर्चुगलको सबैभन्दा पुरानो सस्था भएकोले यसको बिकास र बिस्तारका लागि प्रयासरत सम्पूर्ण साहित्यानुरागीहरुलाई बधाई दिएका थिए ।

नेपाली नयाँ वर्षको अबसर पारेर “विश्व ब्यापी खुल्ला गजल प्रतियोगिता” गर्ने निर्णय गर्दै पहिलो सत्रको कार्यक्रम सम्पन भएको थियो भने दोस्रो शत्रमा सुनिल संगम, वाइवी गुरुङ, अनुराग कडेल, कृष्ण कडेल “जिज्ञासु”, श्याम सुबेदी, भूपति गैरे, कमल सापकोटा आदि लगायत पोर्चुगलका दर्जन भन्दा बढि श्रस्टाहरुले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति सुनिल संगमद्वारा साहित्यप्रेमीहरुलाई अनेसासमा आबद्ध हुन अनुरोद गर्दै उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिएका थिए भने कार्यक्रम समाजका महासचिव अनुराग कडेलले संचालन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK