पोखरा स्पोर्टस् अवार्ड सम्पन्न : लाइफटाइम अचिभमेन्ट अवार्ड रानाभाटलाई

ENGLISH

SPORTS

पोखरा स्पोर्टस् अवार्ड सम्पन्न : लाइफटाइम अचिभमेन्ट अवार्ड रानाभाटलाई

6 August, 2017 | Sandeep Bhattarai | 2215 Views | comments

लाइफटाइम अचिभमेन्ट अवार्ड खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ ।

पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल एवं एथलेटिक्सका खेलाडी खड्गबहादुर रानाभाट सम्मानित हुनुभएको छ । पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले रानाभाटलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीमा लन टेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट महिला खेलाडीमा भलिबलकी अरुणा शाहीलाई पुरस्कृत गरिएको छ । उहाँहरुले जनही रु २५/२५ हजार नगद र एक थान सामसुङ मोबाइल प्राप्त गर्नुभएको छ ।

यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा, वर्ष उत्कृष्ट नवप्रतिभा खेलाडीमा भलिबलकी ममता डगौरा, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिएको छ ।

उहाँहरुले रु १०/१० हजार, ट्रफी र सम्मानपत्र पाउनुभएको छ । उहाँहरुलाई नेपाल पत्रकार महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङ, गायक प्रमोद खरेललगायतले पुरस्कृत गर्नुभएको थियो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरलाई दक्षिण एशियाकै प्रशिक्षणको केन्द्र बनाउने उद्घोष गर्नुभयो । लाइभटाइम एचिभमेन्टबाट सम्मानित खड्गबहादुर रानाभाटले घरपरिवारबाटै हौसला भएमा मात्रै खेलाडीले सफलता पाउन सक्ने विचार व्यक्त गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK