पोखरा प्रिमियर लिग : पारसको टिमद्वारा ज्ञानेन्द्रको टिम १३ रनले पराजित

ENGLISH

SPORTS

पोखरा प्रिमियर लिग : पारसको टिमद्वारा ज्ञानेन्द्रको टिम १३ रनले पराजित

1 November, 2018 | Sandeep Bhattarai | 2690 Views | comments

पारसको टिम

नमस्ते पोखरा लिग अन्तर्गत आज(बिहिबार) भएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । बिहिबार भएको खेलमा कप्तान पारस खड्काको टिमले ज्ञानेन्द्र मल्लको टिम काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गरेको हो ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक ४९ रन बनायो । निकै राम्रो सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल कुमार शाहले ५४ रनको साझेदारी गरे । हरिशंकरले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६० रनको अर्धशतकीय पारी खेले भने अनिलले २७ रन बनाए । त्यस्तै स्मिथ पटेलले ३१ रन बनाई आउट भए भने कप्तान पारस खड्का र सन्नी पटेलले क्रमश: १४ र १३ रन बनाए । काठमाडौँको लागि बसन्त रेग्मीले २ विकेट लिए भने पवन सराफ र नन्दन यादवको भागमा समान १-१ विकेट रह्यो ।

१५० रनको लक्ष्य लिएर मैदान उत्रेको काठमाडौ रोयल्स २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन मात्र बनाउन सक्यो ।उसका लागि गौरभ तोमारले ३९ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३० रन जोडे । त्यस्तै पवन सराफले २८ रन बनाई आउट भए भने जयकिशन कोल्सावालाले १८ रन बनाए । चितवनको लागि करण केसीले ३ विकेट लिए भने पारस खड्काको भागमा २ विकेट रह्यो । त्यस्तै सन्नी पटेल, भुवन कार्की, स्मिथ पटेल र समान १-१ विकेट लिए ।

पोखरा प्रिमियर लिग : चितवनद्वारा धनगढी १२६ रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK