पोखरा प्रिमियर लिग : पारसको टिम चितवनद्वारा विराटनगर चार विकेटले पराजित

ENGLISH

SPORTS

पोखरा प्रिमियर लिग : पारसको टिम चितवनद्वारा विराटनगर चार विकेटले पराजित

जितसंगै चितवन प्लेअफमा प्रवेश

3 November, 2018 | Sandeep Bhattarai | 2560 Views | comments

चितवन

नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । समूह चरणको अन्तिम खेलमा सन्दीप लामिछानेको टिम विराटनगर टाइटन्स ४ विकेटले पराजित भएको हो । जितसंगै चितवन प्लेअफमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाउदै १४५ रन बनायो । निकै राम्रो सुरुवात गरेको विराटनगरले पहिलो विकेटका लागि मुहम्मद जेइद आलम र सुनिल धमलाले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरेको थियो ।

आलम ४७ बलमा छ चौका र दुई छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय पारी खेले भने धमलाले ४७ रन बनाए ।त्यस्तै प्रदिप ऐरी ११ रन बनाई आउट भए भने राजु रिजालले ६ रन बनाए । चितवनको लागि पारस खड्का, स्मिथ पटेलले समान २-२ विकेट लिए भने करण केसीको भागमा १ विकेट रह्यो ।

१४६ रनको लाश्य लिएर मैदान उत्रेको चितवनले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसका लागि सन्नी पटेलले अर्धशतकीय पारी खेल्दै ५१ रन बनाए । अन्तिम ओभरसम्म टोलीलाई जिताउन लागि परेका सन्नीले २४ बलमा ४ चौका र ४ छक्का प्रहर गरे । त्यस्तै सोनु तामांग ११ रनमा अविजित रहेको खेलमा आरिफ शेखले ३५ तथा स्मिथ पटेलले २१ रन जोडे । विराटनगरको लागि सन्दीप लामिछानेले ४ विकेट लिए भने सुनिल धमला र शाहब आलमको भागमा समान १-१ विकेट रह्यो ।

पोखरा प्रिमियर लिग : पोखराद्वारा काठमाडौँ ४ विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK