पोखरा–दिल्ली बस सेवा शुभारम्भ

ENGLISH

TRAVEL

पोखरा–दिल्ली बस सेवा शुभारम्भ

12 July, 2016 | Sandeep Bhattarai | 2840 Views | comments

मोर्डन इरा टुर्स एन्ड ट्राभल्सले सञ्चालनमा ल्याएको पोखरा दिल्ली मैत्री बस सेवा सोमबारदेखि औपचारिकरुपमा शुभारम्भ भएको छ ।

bus

बस सेवाको गृहमन्त्री शक्तिबहादुर बस्नेत र नेपालका लागि भारतीय राजदूत रणजीत रायले सोमबार संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तरप्रदेश परिवहन निगमले संयुक्तरुपमा बस सेवा सञ्चालन गर्ने भएपछि आज उक्त सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रमममा मन्त्री बस्नेतले पोखरा र नयाँ दिल्लीबीच बस सेवा सञ्चालन हुनु पोखराको पर्यटकीय विकासका लागि महत्वपूर्ण उपलब्धि भएको र यसले दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । पूर्व मन्त्री सत्या पहाडीले यातायात सेवा सञ्चालनले दुई देशका नागरिकबीच नयाँ सम्बन्ध एवम् सद्भाव कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत रायले पोखरासँग यातायात सेवा जोडिएसँगै यहाँ आउने पर्यटकहरू अन्नपूर्ण मुक्तिनाथ जस्ता विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्न जान सक्ने उल्लेख गर्नुभयो । ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले यातायात सेवा सञ्चालनसँगै शिक्षा स्वास्थ्य लगायत विभिन्न प्रयोजनमा आवत जावत गर्ने सर्वसाधारण लाभान्वित हुने बताउनुभयो ।

यो पनि हेर्नुस – होटल मात्र हैन, धेरै कुरा पाइन्छ रुपाकोट रिसोर्टमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK