पोखरा जाने बसमा हवाईजहाजको सुविधा

ENGLISH

TRAVEL

पोखरा जाने बसमा हवाईजहाजको सुविधा

25 September, 2017 | Sandeep Bhattarai | 1255 Views | comments

बस

जगदम्बा प्रालि पोखराले शनिबारदेखि पोखरा–काठमाडौँ रुटमा अत्याधुनिक सुपर डिलक्स बस सेवा शुरु गरेको छ । जसको सुविधा हवाईजहाज भन्दा कम छैन ।

बस प्रत्येक दिन काठमाडौंको दरवरमार्गमा रहेको होटल अन्नपूर्णबाट विहानसाढे सात बजे पोखराका लागि छुट्नेछ ।एक्काइस सिट क्षमता रहेका ती बसको नेपालीलाई एकतर्फी भाडा रु दुई हजार दुई सय कायम गरिएको छ भने विदेशीलाई दुई हजार सात सय तोकिएको छ ।

बसभित्रै आराम गर्ने कोठा र मिनी बारको सुविधा समेत रहनेछ । बसभित्र टेलिभिजन, खाना, खाजा, चिया, कफि, चिसो, चकलेट, ट्वाइलेट आदिको सुविधा रहेको छ । वाइफाइ फ्रि रहेको उक्त बसमा ट्वाइलेट, बाथरुम सहित मोबाइल चार्ज गर्न पनि मिल्छ ।

नेपालमै पहिलो पटक भित्रिएको यो बस पर्यटकहरुलाई लक्षित गरेर ल्याइएको अन्तराष्ट्रिय स्तरको सुविधा रहेको छ । यस बसको सिट सिंगापुर र अमेरिकाको वासिङटन डिसीबाट ल्याइएको हो भने फिट भारतमा गरिएको हो ।

प्रत्येक सिटमा टेलिभिजन तथा खाना टेवल रहने ती दुई बस खरिदका लागि रु चार करोड लगानी गरिएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

बसमा ग्लोबल पोजिसन सिस्टम (जीपीएस) जडान गरिएको हुनाले बसमा यात्रु गर्नेका परिवार वा आफन्तले बस कहाँ पुग्यो भनेर हेर्न सकिने पनि अधिकारीले बताए।

इन्टरनेट सुविधासहितको आरामदायी बस सेवा कञ्चनपुरमा सञ्चालन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK