पोखरा अन्तर्राष्ट्रिय विमानस्थको जग्गामा तारवार लगाउन सुरु

ENGLISH

पोखरा अन्तर्राष्ट्रिय विमानस्थको जग्गामा तारवार लगाउन सुरु

14 September, 2016 | Sandeep Bhattarai | 1425 Views | comments

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गामा तारवार लगाउन सुरु गरेको छ ।

कम्पनीले २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी जमीनको तारवार लगाउन बाँकी भाग र पछि थप गरिएएको ६२९ रोपनीको पूरै जग्गामा तारवार लगाउन सुरु गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।

यस्तै, कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन पनि बनाउन सुरु गरेको र आगामी कात्तिक ४ गतेसम्ममा ती सबै अस्थायी भवन बनाइसक्ने इन्जिनियर सापकोटाले बताउनुभयो ।

ठेकेदार कम्पनीले विमानस्थल निर्माणको प्रारम्भिक डिजाइन अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई बुझाइसकेको छ । विमानस्थल निर्माणका लागि चाहिने आवश्यक उपकरण कम्पनीको मुख्य कार्यालयबाट लोड गरिसकिएको र अब केही दिनमा निर्माणस्थलमा आइसक्ने बताइएको छ ।

मुलुककै गौरवशाली आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ ।

यो पनि हेर्नुस – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK