पोखराले जित्यो पोखरा प्रिमियरको उपाधि : पारसको टिम चितवन तीन विकेटले पराजित

ENGLISH

SPORTS

पोखराले जित्यो पोखरा प्रिमियरको उपाधि : पारसको टिम चितवन तीन विकेटले पराजित

6 November, 2018 | Sandeep Bhattarai | 3010 Views | comments

 

पोखरा पल्टन

नमस्ते पोखरा प्रिमियर लिगको प्रथम संस्करणको उपाधि घरेलु टोली पोखरा पल्टनले जितेको छ । मंगलबार भएको फाइनल खेलमा पारस खड्काको टिमलाई तीन विकेटले पराजित गर्दै शरद भेषवाकरको टिम पोखराले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

उपाधि सहित पोखराले २७ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । पोखरा खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६० रन बनायो । पहिलो विकेट ९ रनमा गुमाएको चितवनको पारी पारस खड्का र अनिल कुमार शाहले उकासेका थिए । यी दुईले दोस्रो विकेटको लागि ७६ रनको साझेदारी गरेका थिए । पारसले ३६ बलमा ९ चौका प्रहार गर्दै ५१ रनको अर्धशतकीय पारी खेले भने अनिलले ३८ बलमा ३ चौका १ छक्का सहित ३७ रन बनाए । त्यस्तै सन्नी पटेलले २१ बलमा ३ चौका र ४ छक्का सहित ४३ रन बनाई आउट भए भने आरिफ शेख १४ रनमा अविजित रहे । पोखराको लागि कृष्ण कार्कीले २ विकेट लिए भने मोहमद नाभेद र ललित नारायण राजवंशीको भागमा समान १-१ विकेट रह्यो ।

१६१ रनको लक्ष्य लिएर मैदान उत्रेको पोखराले १९.२ओभरमा ७ विकेट गुमाउदै लक्ष्य भेट्टायो । पहिलो विकेट ४ रनमा गुमाएको पोखराको पारी रवी इन्दर सिंह र आरिफ शेखले उकासेका थिए । यी दुईले दोस्रो विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए । रवीले ५८ बलमा १३ चौका र ३ छक्का सहित ९० रनको अर्ध शतकीय पारी खेले भने आरिफले १२ रन बनाए । त्यस्तै मोहमद नाभेदले १४ बलमा १ चौका र ३ छक्का सहित २५ रन बनाई आउट भए भने कप्रण शरद भेषवाकरले २२ रन बनाए ।

चितवनको लागि भुवन कार्कीले २ विकेट लिए भने पारस खडका, सन्नी पटेल र करण केसीको भागमा समान १-१ विकेट रह्यो । खेलको म्यान अफ द म्याच रवी इन्दर सिंह भए । त्यस्तै इमरर्जिंग प्ल्येरमा पोखरा पल्टनका राशिद खान चुनिए । उनले ५१ हजार रुपैयाँ पाए । चितवन चितवन राइनोजका करण केसी भए । उनले सुजुकी जिक्सर बाइक पाए । त्यस्तै काठमाडौँ रोयल्सका गौरभ तोमारले बेस्ट ब्याट्सम्यानको उपाधि हात पारे । उनले पनि सुजुकी जिक्सर बाइक पाए । त्यस्तै चितवन राइनोजका सन्नी पटेल प्ल्येर अफ द टुर्नामेन्ट चुनिए । उनले पनि सुजुकी जिक्सर बाइक प्राप्त गरे । यसैगरी मस्ट भ्यालुयबल प्ल्येर पोखरा पल्टनका ललित नारायण राजवंशी भए । उनले १ लाख १ हजार प्राप्त गरे ।

पोखरा प्रिमियर लिग : पारसको टिम चितवनद्वारा विराटनगर चार विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK